दिगो विकासका लक्ष्य प्राप्तिमा मिश्रित प्रगति, ६ खर्ब बजेट अपुग (हेर्नुहोस तथ्यांकमा)



काठमाडौं । नेपालले दिगो विकासले लिएका अधिकांश लक्ष्यमा प्रगति हासिल गरेको छ । आइतबार सार्वजनिक प्रतिवेदनमा अधिकांश लक्ष्यमा मिश्रित प्रगति हासिल गरेको छ ।

तर आवश्यक प्रगति हासिल गर्नका लागि ५ खर्ब ८५ अर्ब रुपैयाँ बजेट कमी भएको प्रतिवेदनमा उल्लेख छ । पुँजीगत खर्च कम हुँदा दिगो विकास लक्ष्य हासिल गर्न कठिन भएको भन्दै प्रतिवेदनमा लक्ष्यको कार्यान्वयन गर्न आवश्यक वार्षिक २० खर्ब २५ अर्बमध्ये आवश्यक देखिएको छ ।

दिगो विकास लक्ष्यका सूचक संख्या धेरै भएकाले प्रगति अनुगमन गर्न कठिनाइ भएको राष्ट्रिय योजना आयोजले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । तथ्यांक प्रणालीमा सुधार गर्नुपर्नेमा केवल ४४ प्रतिशत सूचकको मात्र तथ्यांक उपलब्ध भएको र सबै तहमा दिगो विकासबारे बुझाइ तथा कार्यान्वयन क्षमता कमजोर भएकाले स्थानीयकरण गर्न चुनौतीपूर्ण रहेको प्रतिवेदनमा उल्लेख छ ।

दिगो विकास लक्ष्य २०१६-२०३० विश्वव्यापी प्रतिबद्धता हो । यसले गरिबी अन्त्य गर्ने, वातावरण संरक्षण गर्ने तथा शान्ति र समृद्धि हासिलमा जोड दिएको छ । यो विश्वव्यापी रुपमा समृद्धिको सिर्जना, वितरण र दिगोपना हासिलसँग जोडिएको कार्यसूची हो ।

दिगो विकास लक्ष्यमा १७ वटा लक्ष्य, १६९ परिणात्मक लक्ष्य र २३२ सूचक छन् । जसमा नेपालले २३२ सूचकमा २४७ सूचकहरु थप गरी जम्मा ४७९ सूचकहरु अवलम्बन गरेको छ ।

सार्वजनिक प्रतिवेदनमा निजी, सहकारी तथा नागरिक समाजले गरेको लगानीको ट्रयाकिङ गर्ने संयन्त्र अभाव भएको र कोभिड महामारीका कारण दिगो विकासका लक्ष्य हासिल गर्न चुनौती थपिएको उल्लेख गरिएको छ ।

हेर्नुहोस् तथ्यांकमा

स्रोतः राष्ट्रिय योजना आयोग

 


क्लिकमान्डु