बन्द भएका ११ विमान कम्पनीलाई साढे ९ करोड बक्यौता तिर्न क्यानको १ महिने अल्टिमेटम
काठमाडौं । बन्द भएका ११ विमान कम्पनीलाई नागरिक उड्डयन प्राधिकरण नेपाललाई साढे ९ करोड वक्यौता तिर्न १ महिनाकोअल्टिमेटम दिएको छ ।
क्यानले ११ वटा विमान कम्पनीलाई ३० दिनभित्र बक्यौता नतिरे भविष्यमा हवाई सेवा, विमानस्थल र प्राधिकरणसँग सम्बद्ध कुनै पनिकाम गर्न नपाउने र त्यस्ता व्यापार व्यवसायमा सहभागी हुन नपाउने गरी कारबाही गर्ने चेतावनी समेत दिएको छ ।
क्यानले ती कम्पनीलाई पटक–पटक सूचना प्रकाशित गर्दा समेत वक्यौता नबुझाएकाले सार्वजनिक सूचना प्रकाशित गरिएको जनाएकोछ ।
क्यानले दिइएको ३० दिनभित्र वक्यौता रकम र विलम्ब शुल्क समेत बुझाउन भनेको छ ।
यसरी रकम नबुझाउने विमान कम्पनीमा नेकोन एयर, शिवानी एयर, अल्पाइन एयर, गोरखा एयर, कर्णाली एयर, माउन्टेन एयर, कस्मिकएयर, सांग्रीला एयर, स्काइलाइन एयरवेज, एयर काष्ठमन्डप र नेपाल एयरवेज छन् ।
ती कम्पनीले क्यानलाई कुल ९ करोड ६८ लाख ७४ हजार ३ सय रुपैयाँ बुझाउनु पर्नेछ ।
यी कम्पनीका कतिपय सञ्चालकहरु विभिन्न व्यवसाय सञ्चालन गरिसकेका छन् । कर्णाली एयरका नारायणसिंह पुनको निधनभइसकेको छ ।