टेलिकमले वितरण गर्यो ३ महिनामै ७ लाख बढी फोन



१ मंसिर, काठमाडौं । दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमले ३ महिनामै ७ लाख बढी फोन लाइन वितरण गरेको छ । साउन, भदौ र असोज महिनामा ७ लाख बढी बायरलाइन, वायरलेस र मोवाइल फोनको लाइन वितरण गरिएको टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले क्लिकमाण्डूलाई बताइन् । ntc

 

तीन महिनामा वितरण गरिएको फोनको लाइन चालू आर्थिक वर्षमा गरिएको लक्षको २८ प्रतिशत हो । टेलिकमले चालू आर्थिक वर्षमा २५ लाख ५० हजार बायरलाइन, वायरलेस र मोवाइल फोनको लाइन वितरण गर्ने लक्ष्य छ ।

‘पहिलो क्वाटरमै लक्ष्यको २८ प्रतिशत प्राप्त भएको छ’ प्रवक्ता बैद्यले भनिन्, ‘यो प्रगति उत्साहजनक हो ।’

लक्ष्यअनुसार फोन लाइन वितरण गर्न एक करोड लाइन क्षमताको जीएसएम र २० लाख लाइन क्षमताको सीडीएमएर वाइम्याक्स उद्देश्यअनुकुल समयमै सम्पन्न गर्ने टेलिकमको लक्ष्य थियो ।

टेलिकमले चालू आर्थिक वर्षलाई लगानी, सेवा विस्तार तथा गुणस्तरको वर्षका रुपमा मनाइरहेको छ । जसका लागि तयार पारिएका विभिन्न कार्यक्रमहरुमा ६७ अर्ब २८ करोड रुपैयाँ बजेट छुट्याएको छ ।

गत आर्थिक वर्ष २०७२÷७३ मा कम्पनीको मोबाइल तथा ल्यान्डलाइन समेत कुल २१ लाख ५० हजार लाइन टेलिफोन सेवा थप वितरण भइ वर्षको अन्त्यमा कम्पनीका कुल ग्राहक १ करोड ५० लाख ४८ हजार ७ सय ८० पुगेका थिए ।

चालु आवको पहिलो क्वाटरमा ७ लाख बढी लाइन वितरण गरिएकाले हाल टेलिकमका कुल ग्राहक १ करोड ५७ लाख बढी हजार पुगेका छन् ।


क्लिकमान्डु