केन्ट सुप्रीम लाइट र केन्ट ग्रान्ड प्लस अल्कलाइन नेपाली बजारमा



काठमाडौं । ईओएल प्रालि नेपालमा केन्ट उत्पादनहरूका लागि आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको संस्थाले केन्ट सुप्रीम लाइट र केन्ट ग्रान्ड प्लस अल्कलाइनल आरओ मोडेल नेपाली बजारमा ल्याएको छ । स्वछ पिउने पानी सबैको जरुरी बन्दै गएकाले कम्पनीले केन्ट सुप्रीम लाइटको २१ हजार ९९० र केन्ट ग्रान्ड प्लस अल्कलाइनको २९ हजार ९९० रुपैयाँ मूल्यका साथ सार्वजनिक गरेको हो ।

केन्ट सुप्रीम लाइट

केन्ट सुप्रीम लाइटमा केन्टको खनिज आरओ टेक्नोलोजी र टीडीएस नियन्त्रकको साथ रहेको छ । यस शुद्धीकरणले परिवारलाई पानीबाट हुने रोगहरूबाट जोगाउने कम्पनीले जनाएको छ ।

पानीलाई शुद्ध गरेर यसको अत्यावश्यक प्राकृतिक खनिजहरूलाई यथावत राख्दछ । केन्ट सुप्रीम लाइट सबै खालको पानीको शुद्धिकरणको लागि उपयुक्त हुन्छ । यसमा भएको आरओ प्लस युएफ प्लस टीडीएस नियन्त्रणको बहु–शोधन प्रक्रियाले पिउने पानीलाई १००% शुद्ध र पिउन योग्य बनाउँदछ ।

कम्पनीका अनुसार यस प्रक्रियाले आर्सेनिक, रस्ट, कीटनाशक, र फ्लोराइड जस्ता विघटित अशुद्धताहरू हटाउँछ र पानी पिउन योग्य बनाउन ब्याक्टेरिया र भाइरसहरूलाई पनि नस्ट गर्ने जनाएको छ ।

केन्ट सुप्रीम लाइट पूर्ण स्वचालित स्वतः अन र अफ (बन्द) कार्यक्षमताको साथ आउँदछ । शुद्धीकरण स्वचालित रूपमा बन्द हुन्छ जब भण्डारण ट्याङ्की भरिन्छ र पुनः सुरु हुन्छ जब पानीको स्तर अधिकतम भन्दा तल खस्दछ ।

केन्ट ग्रान्ड प्लस अल्कलाइन

केन्ट ग्रान्ड प्लस अल्कलाइनले १००% शुद्ध र खनिजयुक्त शुद्ध पानी प्रदान गर्दछ । जसमा केन्टको खनिज आर.ओ. टेक्नोलोजी रहेको छ । नेपाली घरहरू र कार्यालयहरूको लागि उपयुक्त, यो उपकरण सबै खालको पानीको शुद्धिकरणको लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ ।

केन्टको उत्कृष्ट अल्कलाइन आर.ओ. प्यूरीफायरले तपाईंको पानीको पी.एच. स्तर कायम राख्दछ । यसले पानीको पीएच स्तर ८.० देखि ९.० को बीचमा समायोजन गरेर पानीलाई क्षारीय बनाउँदछ ।

केन्ट ग्रान्ड प्लस अल्कलाइन इन–ट्याङ्क यु.भी. कीटाणुशोधन सुविधाको साथ सुसज्जित छ । भण्डारण ट्याङ्कीमा यु.भी. एलईडीले लामो समयको लागि पानी शुद्ध राख्दछ ।


क्लिकमान्डु