सिभिल, सेञ्चुरी र एसबीआई बैंकले सार्वजनिक गरे नयाँ ब्याजदर



काठमाडौं । तीन वटा वाणिज्य बैंकले माघ महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन् ।

राष्ट्र बैंकले प्रत्येक महिनाको अन्तिम दिनसम्म आगामी महिनाको ब्याजदर सार्वजनिक गर्नुपर्ने व्यवस्था गरे अनुसार तीनवटा वाणिज्य बैंकले आगामी महिनाको व्याजदर सार्वजनिक गरेका छन् ।

नयाँ ब्याजदर सार्वजनिक गर्ने बैंकहरुमा सिभिल, सेञ्चुरी र नेपाल एसबीआई बैंक छन् ।

सिभिल बैंंकले बचत तथा कर्जाको ब्याजदर सार्वजनिक गरेको छ । बैंकको मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ५.५० देखि ८ प्रतिशत र संस्थागततर्फ ५.१० देखि ७.८० प्रतिशतसम्म ब्याजदर तोकेको छ । त्यस्तै बचतमा ३ प्रतिशत ब्याज पाइने छ ।

बैंकको मंसिरको आधारदर ८.८८ प्रतिशत छ । बैंकबाट कर्जा लिँदा १३.८८ प्रतिशतसम्म ब्याज लाग्ने छ । बैंकबाट हायर पर्चेज, रियल स्टेट, अटो, अन्य इक्युपमेन्ट, शैक्षिक धितोकर्जा लिँदा १३.८८ प्रतिशत ब्याज लाग्ने छ ।

त्यस्तै सेञ्चुरी बैंकको मुद्दति खातामा व्यक्तिगततर्फ ७ देखि ७.५० प्रतिशत र संस्थागततर्फ ५.५० र ६.५० प्रतिशत छ । बैंकको बचततर्फ न्यूनतम २.५० र अधिकतम ४.५० प्रतिशत ब्याज रहेको छ ।

बैंकका अनुसार मंसिर महिनासम्म आधारदर ८.४७ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा १४.४७ प्रतिशत ब्याज लाग्ने छ । बैंकबाट पर्सनल मोटरेज लोन, अन्य खालका लोन, फिक्स लोन लिँदा १४.४७ प्रतिशतसम्म ब्याज लाग्ने छ । त्यस्तै ओभरड्राफ्ट, टर्म लोन, होम लोन, भेहिकल लोन, साना तथा मझौला कर्जा लिँदा १३.४७ प्रतिशतसम्म ब्याज लाग्ने छ ।

नेपाल एसबीआई बैंकले पनि ब्याजदर सार्वजनिक गरेको छ । बैंकबाट मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ३ देखि ६.५० प्रतिशतसम्म र संस्थागततर्फ पनि ३ देखि ६.५० प्रतिशतसम्म ब्याज पाइने छ । बैंकमा बचत तर्फ भने न्यूनतम ०.५० देखि ३ प्रतिशतसम्म ब्याज दिने छ ।

बैंकको मंसिरसम्मको आधारदर ७.९३ प्रतिशत छ । बैंकबाट कर्जा लिँदा १२.९३ प्रतिशतसम्म ब्याज लाग्नेछ । बैंकबाट सर्ट ट्रम, मोटरेज, पर्सनल, एसएमई, शैक्षिक धितोकर्जा , होम लोन, अटो लोन, रियल स्टेट लोन, सेयर धितोकर्जा लिँदा १२.९३ प्रतिशतसम्म ब्याज लाग्ने छ ।


क्लिकमान्डु