ब्रिटिस कलेजमा बीएचएम विषयको पढाइ शुरू



काठमाडौँ । थापाथलीस्थित द ब्रिटिस कलेज (टीबीसी)ले हस्पिटालिटी बिजनेश म्यानेजमेन्ट विषयको पढाईको शुरुवात भएको छ । लामो समयदेखि अन्तर्राष्ट्रिय शिक्षा प्रदान गर्दै आइरहेको ब्रिटिस कलेजले शुक्रबारबाट नयाँ विषय बीएसस्सी (हन्स) हस्पिटालिटी बिजनेश म्यानेजमेन्ट विषयको पढाइ शुरु गरेको हो ।

शुक्रबार कलेजको हलमा भएको एक औपचारिक कार्यक्रममा कलेजका एशोसियट डिन अरुणलाल जोशी तथा व्यवस्थापक, कर्मचारी र शिक्षकहरुले नयाँ विषयको पढाईको औपचारिक शुरुवात गरेका हुन् ।

चार वर्षको यो विषयको पढाइपछि उच्च तहको पढाइका साथै सिधै व्यवसायिक काममा प्रवेश गर्न सक्ने कलेजको विश्वास छ ।

हस्पिटालिटी पछिल्लो समय विश्वकै सबैभन्दा धेरै रोजगारी भएको दोस्रो रोजगारी क्षेत्र हो । यस क्षेत्रमा हरेक वर्ष करिब ७० लाख जागिरको अवसर हुने अनुमान गरिएको छ । कलेजले विद्यार्थीहरुले रोजेको हस्पिटालिटी तथा पर्यटन क्षेत्रहरु होटल, रिसोर्ट, केटरिङ, बैँक, पानीजहाज, उड्ययन लगायतको क्षेत्रको बारेमा भरपुर जानकारी दिने जनाएको छ ।

कलेजले हरेक विद्यार्थीहरुलाई ध्यान दिन सक्ने गरी एउटा कक्षामा थोरै विद्यार्थीहरुलाई राखिने व्यवस्था मिलाएको छ ।

त्यस्तै, प्रयोगात्मक कक्षाको लागि कलेजले अत्याधुनिक किचन, रेष्टुरेन्ट तथा रिसेप्सनको संरचना पनि तयार गरेको छ ।

पढाइकै दौरान विद्यार्थीहरुलाई हस्पिटालिटी क्षेत्रसँग सम्बन्धित बिभिन्न क्षेत्रको भ्रमणमा पनि लैजाने व्यवस्था कलेजले गरेको छ । साथै, विद्यार्थीहरुलाई प्रतिष्ठित हस्पिटालिटी क्षेत्रमा एक वर्षको लागि इन्र्टनसिपको ब्यवस्था छ ।

त्यस्तै, ब्रिटिस कलेजमा यो विषयको अध्ययन गर्ने विद्यार्थीहरुले बेलायतको विश्वविद्यालयमा गएर पढाइ सक्ने सुविधा समेत पाउनेछन् ।


क्लिकमान्डु