राष्ट्र बैंक संचालकमा कांग्रेस एमाओवादीको भागबन्डा



काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त रहेको संचालकमा सरकारमा रहेका नेपाली कांग्रेस र एमाओवादीले भागबन्डा गरेका छन् ।

राष्ट्र बैंकमा नेपाली कांग्रेसको तर्फबाट रामजी रेग्मी र एमाओवादीको पक्षमा डा श्रीराम पौडेल नियुक्त भएका छन् ।

राष्ट्र बैंकमा दुई संचालक पद रिक्त थियो । पौडेल यसअघिपनि राष्ट्र बैंकको संचालक सदस्यमा थिए ।

रेग्मी भने पहिलो पटक राष्ट्र बैंकको संचालक बनेका हुन् । रेग्मी अहिले नेपाल स्टक एक्सचेन्जको अध्यक्ष हुन् । उनी राष्ट्र बैंककै कार्यकारी निर्देशकबाट अवकास प्राप्त कर्मचारी हुन् ।

राष्ट्र बैंकको सात सदस्य संचालक समितिमा गभर्नर अध्यक्ष हुने व्यवस्था छ । डेपुटीगभर्नरद्वय र अर्थसचिव पदेन संचालक हुन्छन् । स्वतन्त्र संचालक ३ जना हुने व्यवस्था छ ।

राष्ट्र बैंकका संचालक रहेका बिकेमान सिंह पद अदालतको आदेशबाट अहिले निस्कृय छ । अहिले सिंहको मुद्दा विचाराधिन रहेको छ ।

स्वतन्त्र संचालक नहुँदा राष्ट्र बैंकको बैठक करिब एक महिनादेखि हुन सकेको छैन ।


क्लिकमान्डु