प्रभु लाइफ इन्स्योरेन्सको आइपीओ आजदेखि खुल्यो, कति भर्न पाइन्छ ?



काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आज सोमबारदेखि साधारण सेयर (आइपीओ)का लागि आवेदन खुलाएको छ ।

कम्पनीको ६० लाख कित्ता सेयरमध्ये ३ लाख कित्ता सेयर  सामूहिक लगानी कोषका लागि र कर्मचारीहरुका लागि ३ लाख कित्ता बाँडफाँट गरिएपछि बाँकी रहेको ५४ लाख कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरिएको हो ।

आवेदकले न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्ताका लागि आवेदन दिन पाउनेछन् । आवेदन दिन पाउने मिति छिटोमा पुस २ गते र ढिलोमा पुस १३ गते बन्द हुनेछ ।

कम्पनीलाई इक्रा नेपालले बीबी+ रेटिङ दिएको छ । जसले कम्पनीको वित्तीय जोखिम दायित्व वहन गर्ने क्षमता औसत रहेको देखाउँछ ।


क्लिकमान्डु