नबिल र दराज क्यामुले ल्याए एसएमई क्षेत्रका लागि विशेष योजना



काठमाडौं । नबिल बैंक लिमिटेड र दराज क्यामु प्रालिले साना तथा मझौला उद्यम (एसएमई)लाई सहयोग पुर्याउन एक विशेष सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

नबिल बैंक, ग्राहकहरुलाई सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने एक अग्रणी वाणिज्य बैंक हो । दराज नेपाल, हजारौं विक्रेताहरूलाई ग्राहक समुदायसँग जोड्ने देशकै ठूलो अनलाइन स्टोर हो । दुबैको सहकार्यमा ‘सारथी’ भन्ने वित्तीय कार्यक्रम शुरू गरेका छन् ।

जहाँ दराजका विक्रेताहरूले आकर्षक सुविधा तथा ब्याजदरको नबिल एसएमई कर्जाका लागि आवेदन दिन सक्नेछन् ।

यो कार्यक्रम सबै एसएमई ग्राहकहरुका लागि बनाइएको छ, जसमा पुराना तथा नया“ सबै ग्राहकहरुले आवेदन दिन सक्नेछन् ।

नबिल बैंकका डेपुटी सीईओ सुजित कुमार शाक्य र दराज क्यामु प्रालिका प्रबन्ध निर्देशक लिनो अल्हेरिङ्गले एक विशेष समारोहमा सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त समारोहमा बोल्दै नबिल बैंकका डेपुटी सीईओशाक्य ले भने, ‘यो कार्यक्रम नेपालमा डिजिटल बजारको विकासका लागि निकै महत्वपूर्ण रहनेछ । हाम्रो मुख्य प्राथमिकता नेपालका एसएमईहरुलाई बिभिन्न लगानी कार्यक्रममार्फत् आफ्नो व्यवसाय बिस्तारमा सहयोग पुर्याउनु रहेको छ ।’

सारथी कार्यक्रमका लागि बैंकले दराजसँग सहकार्य गरेको छ । यो वित्तीय कार्यक्रमले उनीहरूलाई कोभिड– १९ को कारणले आइपरेका कठिनाइहरू पार गर्न मद्दत पुर्याउने र उनीहरूको व्यवसायलाई दीर्घकालीन स्थिरता र बृद्धिका लागि पुर्नजीवित गर्ने बैंकको विश्वास छ ।

त्यस्तै, दराज क्यामु प्रालिका प्रबन्ध निर्देशक अल्हेरिङ्गलेभने, ‘सारथी कार्यक्रमलाई नबिल बैंकसँगको सहकार्यमा प्रस्तुत गर्न हामी धेरै उत्साहित छौ । हामीले लामो समयदेखि काम गरिसकेका छौं ।’

उनलेअर्थतन्त्रमा कोभिड- १९ को प्रभावलाई ध्यानमा राखी यो कार्यक्रम अझ महत्वपूर्ण साबित भएको बताए । योे नेपालमै पहिलँ क्रेडिट स्कोरिङमा आधारित नौलो समाधान हाे र हामी यो रणनीतिक साझेदारीको शुरुवातमा गरेको उनको भनाइ छ ।

उनले नेपाली आर्थिक क्षेत्रलाई अझ मजबुत बनाउन हामी यस सारथी कार्यक्रममा नबिल बैंकसँग धेरै नजिकबाट काम गर्ने आशा गरिरहेको समेत उनले बताए ।

नबिल बैंकले आफ्नो देशभर ११९ वटा शाखा कार्यालयहरु, १७५ एटीएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टसहित विभिन्न देशमा रहेका ऐजेन्टको बृहत सञ्जालमार्फत् निरन्तर गुणस्तरीय सेवा प्रवाह गरिरहेको छ ।


क्लिकमान्डु