अमेरिकाले प्रतिबन्ध लगाएपछि हुवावेको ब्यवसायमा गंभीर असर, सब-ब्राण्ड अनर बेच्यो



अमेरिका र चिनियाँ कम्पनीबीच उत्पन्न तनावको असर अब चिनियाँ कम्पनी हुवावेमा देखिएको छ ।

हुवावे कम्पनीले आफ्नो सब–ब्राण्ड ‘अनर’ स्मार्टफोनको व्यवसाय बिक्री गरेको छ । कम्पनीले यसलाई पुष्टि समेत गरिसकेको छ । कम्पनीले आफ्नो बजेट स्मार्टफोन बिजनेसलाई बिक्री गरी अस्तित्व बचाउनतर्फ लागेको छ ।

खरिदकर्ता कन्र्सोटियमले बताए अनुसार हुवावेले अनर स्मार्टफोनको ब्राण्ड अधिग्रहण गरेको जनाएको छ ।

खरिदकर्तामा बजेट ब्राण्डका ३० भन्दा बढी चिनियाँ एजेन्ट तथा डिलर छन् । पछिल्लो २ वर्षयता अमेरिकी प्रतिबन्धका बीच हुवावेले आफ्नो व्यवसायलाई लिएर संघर्ष गर्दै आएको थियो ।

१५ बिलियन डलरमा बिक्री

चीनस्थित कम्पनी सेनजेन झिक्सिन न्यू इन्फरमेसन टेक्नोलोजी प्रालिको अनरको व्यवसायिक सम्पत्ति बिक्री भइरहेको छ । समाचार अनुसार हुवावे र सेनजेनका बीच यो डिल १५.२ बिलियन डलरमा भएको थियो । यो डिलबाट अनरको च्यानल सेलर तथा सप्लायर्सलाई यो कठिन अवस्थाबाट उठ्नका लागि सहयोग मिल्ने विश्वास छ ।

अमेरिकामा अनर स्मार्टफोनमा प्रतिबन्ध लगाइपछि हुवावेलाई कुनै पनि अमेरिकी कम्पनीसँग व्यवसाय गर्न मनाही थियो ।

कम्पनीले एक बयानमा भनेको छ, ‘एकपटक अनर बिक्री भइसकेपछि हुवावेसँग यसको कुनै पनि सेयर हुने छैन ।’

हुवावे यो व्यवसाय प्रबद्र्धनमा कुनै पनि तरिकाले सहभागी हुने छैन । न त हुवावेसँग अनर कम्पनीलाई लिएर कुनै पनि निर्णय लिने सम्बन्धि अधिकार हुनेछ ।

अमेरिकी प्रतिबन्धका कारण भयो घाटा

हुवावेले पछिल्लो २ वर्षमा अमेरिकी प्रतिबन्धको सामना गर्नु परेको थियो । साथै गुगल र क्वालकाम जस्ता अमेरिकी कम्पनीसँग व्यवसाय गर्न मनाही भएपछि हुवावे र अनर दुबै कम्पनीलाई ठूलो घाटा भएको थियो ।

ट्रम्प प्रशासनले आफ्नो स्मार्टफोन तथा फाइभ जी टेलिकम्युनिकेशन इक्युप्मेन्टमा प्रयोग हुने चिपसेट तथा सफ्टवेयर जस्ता आवश्यक टेक्नोलोजीसँग जोडिएका सबै चिनियाँ कम्पनीमाथि प्रतिबन्ध लगाएको थियो ।

अमेरिकाले यो राष्ट्रिय सुरक्षा खतरामा परेको भन्दै उक्त कदम उठाइएको दावी समेत गरेको थियो । हुवावे फाइभ जी टेलिकम्प्युनिकेशनसँग जोडिएको सबैभन्दा ठूलो कम्पनी थियो ।

सन् २०१३ मा लञ्च भएको थियो कम्पनी

हुवावेले अनर ब्राण्ड सन् २०१३ मा शुरु गरेको थियो । यो ब्राण्ड अन्तर्गत बजेट तथा मिडरेञ्ज स्मार्टफोन उत्पादन गर्दै आएको थियो । कम्पनीले पछिल्लो ७ वर्षमा ७० मिलियन प्रयोगकर्ताका साथ आफ्नो उपस्थिती बलियो बनाएको थियो । अब अनर कम्पनीमा कार्यरत ७००० कर्मचारीहरु सेनजेन कम्पनीमा ट्रान्सफरन हुनेछन् ।

विश्वबजारमा पछि पर्यो हुवावे

पछिल्लो वर्ष ग्लोवल स्मार्टफोन मार्केटमा हुवावे बिक्रीका आधारमा पहिलो नम्बरमा थियो । तर यसपटक पहिलो स्थानमा सामसुङ आएको छ ।

पछिल्लो दिन आई इन्टरनेशनल डाटा कर्पोरेशन रिपोर्टका अनुसार अगस्ट महिनामा कोरियन कम्पनी सामसुङको ग्लोवल मार्केटमा २२ प्रतिशत हिस्सा थियो । साथै गत वर्ष पहिलो स्थानमा रहेको हुवावे यसपटक भने दोस्रो स्थानमा सीमित भएको छ । हुवावेको मार्केट हिस्सा अगस्ट महिनामा घटेर १६ प्रतिशतमा सीमित भएको छ । जुन अप्रिल महिनामा २१ प्रतिशत थियो ।


क्लिकमान्डु