महंगा बाइकको सेकेन्ड ह्यान्ड बजारमा कति पर्छ मूल्य ?



काठमाडौं । कोरोना महामारीका कारण बजारमा दुई पाङ्ग्रे सवारी साधनको व्यापार चम्किएको छ ।

कोरोनाकै समयमा दशैंलाई लक्षित गरी विभिन्न कम्पनीले छुटलगायतका योजना सार्वजनिक गरेका थिए । उक्त योजना सार्वजनिक भएसँगै बजारमा दुई पाङ्ग्रे सवारी साधनको व्यापार उल्लेखनीयरुपमा बढेको थियो ।

त्यतिमात्रै होइन, दुई पांग्रे सवारी साधनको सेकेन्ड ह्यान्ड बजार पनि निकै बढेको छ । बजारमा विभिन्न कम्पनीको सामान्य प्रकारका सेकेन्ड ह्याण्ड बाइक तथा स्कुटर २५ हजारदेखि २ लाखसम्मको मूल्यमा किन्न सकिन्छ ।

सेकेन्ड ह्यान्ड बजारमा सवारी साधन मूल्य निर्धारण लट नम्बर तथा गुडेको किलोमिटका आधारमा गरिन्छ । त्यस्तै, बजारमा अलि महंगो बाइक तथा स्कुटरको मूल्य भने सामान्य स्कुटर तथा बाइकको मूल्यभन्दा बढी पर्न सक्छ ।

कोरोनाले गर्दा आर्थिक मन्दि खेपिरहेको अवस्थामा नयाँ महंगो सवारी साधन चढ्न नसके पनि सेकेण्ड ह्यान्ड सवारी साधन किनेर आफ्नो इच्छा पूरा गर्न सक्नेछन् ।

‘हाम्रो बजार’ अनलाइनमा नयाँ बजारस्थित रहेको बाइक मार्टस् नेपालले सेकेण्ड ह्यान्डको बाइक तथा स्कुटर खरिदबिक्री गर्दै आएको छ । उक्त ठाउँमा गई तपाईले विभिन्न कम्पनीका सेकण्ड ह्यान्ड सवारी साधनको किन्न सकिन्छ ।

रोयल इन्फिल्ड
बजारमा अलि महंगो मानिने बाइक रोयल इन्फिल्ड किन्न तपाईसँग पर्याप्त रकम नभएको अवस्थामा बजारमा पाइने सेकेण्ड ह्यान्ड बाइक किनेर पनि तपाईले आफ्नो इच्छा पूरा गर्न सक्नुहुन्छ । ‘हाम्रो बजार’मा उपलब्ध रोयल इन्फिल्डको मूल्य ४ लाखभन्दा कम मूल्य तोकेको छ ।

बजारमा रोयल इन्फिल्ड क्लासिक ३५० सिसिको मूल्य करिब साढे चार लाख पर्ने सेकेण्ड ह्यान्ड बाइक तपाईंले ३ लाख ३८ हजारका किन्न सक्नुहुन्छ ।
बाइकको कन्डिसनमा कुनै खराबी नरहेको, स्ट्यान्डर्डका साथै बाग्मति अञ्चलमा छ । लट नम्बर ७९ मा खरिद भएको बाइक २५ हजार ७ सय किलोमिटर गुडेको छ । उक्त बाइक २०१६ मा बनेको थियो । तर, हाल पनि बाइकको प्रतिकिलोमिटर ३५ माइलेजमा गुडाउन सकिन्छ । त्यस्तै, उक्त बाइकमा इलेक्ट्रिक स्टार्ट, अगाडिको डिस्क बे्रक, स्प्लिट सिट, लो फ्यूल इन्डिकेटर र ट्रिपमिटरजस्ता विशेषता रहेको छ । (यसका लागि यहाँ क्लिक गर्नुहोस)

त्यसैगरी, प्रदेश ३ अञ्चल रहेको लट नम्बर ०१३ रहेको रोयल इन्फिल्ड बाइकको मूल्य ४ लाख ८६ हजार तोकेको छ । २०१९ मा बनेको उक्त बाइकले मात्रै ३४ सय किलोमिटर गुडेको छ । इलेक्ट्रिक स्टार्ट, फ्रन्ट डिस्क ब्रेक र रियर डिस्क ब्रेक रहेको सेकेण्ड ह्यान्ड बाइकको कन्डिसनको अवस्था नयाँका साथै १ वर्षको वारेन्टी तोकेको छ । (यसका लागि यहाँ क्लिक गर्नुहोस)

केटीएम डिउक
पछिल्लो समय युवाहरूमा लोकप्रिय बन्न सफल भएको केटीएम डिउक बाइक पनि तपार्इंले ४ लाखभन्दा कम मूल्यमा किन्न सकिन्छ ।

बजारमा करिब ५ लाखभन्दा बढी मूल्य पर्ने केटीएम डिउक बाइक सेकेण्ड ह्यान्ड बजारमा नयाँ जस्तै कन्डिसनमा रहेको कम मूल्यमा किन्न सकिन्छ ।

बजारमा करिब साढे ६ लाख पर्ने केटीएम डिउक २५० सिसि रहेको ८७ लटको बाइक सेकेण्ड ह्यान्ड बजारमा ३ लाख ८० हजार सम्ममा किन्न सकिन्छ । अवस्था सबै राम्रो भएको उक्त बाइक २०१७ मा बनेको हो ।

स्पोर्टस् प्रकारका उक्त बाइकले प्रतिकिलो मिटर ३० माइलेज तोकेको छ भने हालस्म्म २४ हजार ३ सय किलोमिटर यात्रा गरेको छ । इलेक्ट्रिक स्टार्ट, एलो ह्विल, ट्युवलेस टाएर्स, डिजिटल डिस्प्ले प्यानेलका साथै अन्य विशेषता पनि रहेको छ । (यसका लागि यहाँ क्लिक गर्नुहोस)

त्यसैगरी, बजारमा करिब ५ लाख ३० हजारमा नयाँ किन्न सकिने केटीएम डिउक २०० सिसिको बाइक सेकेण्ड ह्यान्ड बजारमा २ लाख ८५ हजारसम्म किन्न सकिन्छ । हालसम्म पनि राम्रो कन्डिसन रहेको बाइकको लट नम्बर ८५ रहेको छ । साथै, उक्त बाइक २०१७ बनेको हो । हालसम्म उक्त बाइकले १८ हजार ७ सय किलोमिटर गुडेको छ । यस बाइकमा पनि अन्य बाइक जस्तै सम्पूर्ण विशेषताहरू रहेको छ । (यसका लागि यहाँ क्लिक गर्नुहोस)

स्कुटर
त्यसैगरी, पछिल्लो समय महिला तथा युवालाई सबैलाई आकर्षित बनाउन सफल भएको स्कटुर भेस्पा तथा अप्रिला पनि सेकेण्ड ह्यान्ड बजारमा किन्न सकिन्छ । जुन नयाँ मूल्यको तुलनामा धेरै कम मूल्य तोकेको छ ।

बजारमा नयाँ किन्दा साढे ३ लाखभन्दा बढी मूल्य पर्ने भेस्पा भिएक्सएल १५० सिसि स्कुटर सेकेण्ड ह्यान्ड बजारमा २ लाख २५ हजारमै किन्न सकिन्छ ।

९४ लट रहेको उक्त स्कुटर २०१८ मा बनेको हो । साथै हालसम्म ७४ सय किलोमिटर मात्रै गुडाएको छ । यस स्कटरको प्रति किलोमिटर ३२ माइलेज तोकेको छ । साथै, अन्य स्कटुरमा भएको जस्तै यस स्कुटरमा पनि सबैखालको विशेषता छ । हालसम्म मात्रै ५९ सय गुडेको स्कुटरको विशेषता नयाँ स्कुटरको जस्तै रहेको छ । (यसका लागि यहाँ क्लिक गर्नुहोस)

यस्तै, बजारमा अप्रिला एसआर १२५ सिसि नयाँ स्कटरको मूल्य करिब २ लाख ४५ हजार रहेको छ । तर, सेकेण्ड ह्यान्ड बजारमा सबै कन्डिसन राम्रो रहेको स्कटरको मूल्य २ लाख ८ हजार तोकेको छ । २०१९ मा बनेको यस स्कुटरले हालसम्म ५९ सय किलोमिटर मात्रै यात्रा गरेको छ ।
(यसका लागि यहाँ क्लिक गर्नुहोस)

यो सामग्री हाम्रो बजार डट कमबाट लिइएको हो ।


क्लिकमान्डु