इसेवा मनिट्रान्सफर र केएम्ई रेमिटेन्सबीच सम्झौता



काठमाडौं । इसेवा मनिट्रान्सफर र हङकङको रेमिट्यान्स् कम्पनी केएम्ई रेमिटेन्सबीच रेमिट्यान्स् सेवा सुरु भएको छ ।

सेवा सुरु भएपछि हङकङमा रहेका नेपालीहरुले केएम्ई  रेमिट्यान्सबाट  नगदमा तथा कुनै पनि बैंक खातामा र इसेवा वालेटमा रकम पठाउन सकिनेछ ।

नगदमा पठाइएको रकम नेपालभर रहेका ८ हजार भन्दा बढी इसेवा मनिट्रान्सफरका एजेन्ट तथा इसेवा वालेट एप मार्फत पनि प्राप्त सकिनेछ । त्यसै गरी बैंक खातामा पठाएइको रकम तत्कालै सेवाग्राहीको बैंक खातामा जम्मा हुनेछ । केएम्ई मनिट्रान्सफरले छिटै नै इसेवामनि ट्रान्सफरको सेवा आफ्नो अनलाइन मोबाइल एप मार्फत पनि सुरु गर्ने छ ।

रेमिट्यान्स् भुक्तानी सम्बन्धी सम्झौता पत्रमा इसेवा मनि ट्रान्सफरका  बाट प्रबन्ध निर्देशक  अजेश कोइराला र केएमई रेमिटेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोकर्ण प्रसाद ढकालले हस्ताक्षर गरेका छन् ।

इसेवामनि ट्रान्सफरले डिजिटल रेमिट्यान्सका  साथै एजेन्ट बेस रेमिट्यान्स सेवा मार्फत नेपालमा रकम भित्राउँदै आएको छ ।

इसेवा मनि ट्रान्सफरलाई विप्रेषणको विश्वबजारमा छुटै नाम, सेवा र प्रविधिको पूर्ण कम्पनीको रुपमा स्थापना गर्नु आफुहरुको उदेश्य रहेको इसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले बताए ।


क्लिकमान्डु