भाईटिकामा एनआईसी एशिया बैंकको मोबाइल बैंकिङबाट दक्षिणा दिँदा बैंकले १०० रुपैयाँ दिने



काठमाडौं । एनआईसी एशिया बैंकले डिजिटल रकम स्थानान्तरणलाई प्रोत्साहन गर्न भाईटिका २०७७ को उपलक्ष्यमा डिजिटल दक्षिणा योजना ल्याएको छ । बैंकले भाईटिकामा ग्राहकले आफ्ना दिदीबहिनीलाई दिने दक्षिणा यस बैंकको मोबाइल बैंकिङमार्फत् प्रदान गरेमा दक्षिणा रकममा थप १०० बैंकले आफ्नो तर्फबाट प्रदान गर्ने जनाएको छ ।

बैंकमा आबद्ध ग्राहकलाई भाईटिकाको दिनको लागि यो योजना लागू गरिएको छ भने योजनामा सहभागी हुन न्यूनतम ५०० रुपैयाँ स्थानान्तरण गर्नुपर्नेछ । यस योजना अवधीभर बैंकको तर्फबाट एक जनाले अधिकतम ३०० रुपैयाँसम्म दक्षिणा प्राप्त गर्न सक्नेछन ।

उक्त रकम बैंकले योजना सम्पन्न भएको ७ दिनभित्र दक्षिणा प्राप्त गर्ने ग्राहक महानुभावको बैंक खातामा जम्मा गर्नेछ । यस योजनाअन्तर्गत मोबबैंक एप प्रयोग गरी दक्षिणा दिँदा बैंकका ग्राहकहरूले मोबबैंक एपमा रहेको डिजिटल दक्षिणामा ट्याप गरी आफुले दिन चाहेको रकम, एकाउन्ट नम्बर, खातावालाको नाम तथा रिमार्कमा भाइटीकाजस्ता विवरण अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने हुन्छ ।

भाईटिकाको दिन दिदीबहिनीहरूको हातबाट टिका ग्रहण गरेपछि दाजुभाईले सगुनस्वरूप दक्षिणा दिने प्रचलन रहिआएकोमा डिजिटल माध्यमको प्रयोग गरी दक्षिणा स्थानान्तरण गर्दा डिजिटल बैंकिङ्ग प्रवद्धनमा समेत सघाउ पुग्ने विश्वास लिएको छ ।


पुष्प दुलाल