१० लाख रुपैयाँ भन्दा बढीको सुनचाँदी किन्दा ३ पुस्ते खुलाउनुपर्ने

686
Shares

काठमाडौं । ग्राहकले १० लाख रुपैयाँभन्दा बढीको सुनचाँदी किन्दा ३ पुस्ते विवरण खुलाउनु पर्ने भएको छ ।

आन्तरिक राजस्व विभागले बहुमुल्य धातु वा वस्तुको कारोबार गर्ने कम्पनी तथा फर्महरुलाई निर्देशन जारी गर्दै एक पटकमा,वा एक दिनमा गरेर १० लाखभन्दा बढीको बहुमूल्य वस्तु खरिद गरेमा त्यस्तो ग्राहकको पहिचान भेटिने विवरण कम्पनीले राख्नुपर्छ ।

सम्पत्ति शुद्धिकरण निवारणको लागि बहुमूल्य वस्तु खरिदमा समेत ग्राहकको पहिचान राख्नुपर्ने व्यवस्था विभागले मिलाएको हो ।

विभागलेले बिहीबार निर्देशन जारी गर्दै ग्राहक पहिचान गर्नुपर्ने व्यवस्था लागु गरेको हो ।

बहुमूल्य वस्तुको कारोबार गर्ने कम्पनी तथा फर्मले उच्चपदस्थ व्यक्तिलाई पहिचान गर्नुपनेृ हुन्छ ।

Skip This