सुनको मूल्य प्रतितोला ५ सय बढ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । बिहिबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ७ सय रुपैयाँमा खरिद बिक्री भएको थियो ।
शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार २ सय रुपैयाँले खरिद बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।
त्यसैगरी, तेजावी सुनको प्रति तोलाको मूल्य ९४ हजार ७ सय रुपैयाँ रहेको छ । साथै, चाँदी प्रतितोला १२ सय २० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।