नेपालको सबैभन्दा ठूलो सेल दराज ११/११ सेल यही नोभेम्बर ११ मा



काठमाडौँ । दराज आफ्नो वार्षिक ११/११ सेल यही नोभेम्बर ११ मा आयोजना गर्ने तयारीमा रहेको छ ।

अलीबाबाको ११/११चीन बाट सुरु भई अहिले विश्वको धेरै देशहरुमा मनाइने गरिन्छ । ११/११ मा ग्राहकहरुले मेगा डिल, फ्ल्यास सेल्स, बैंक डिस्काउन्ट,निःशुल्क डेलिभरी, भौचरहरु र अन्य मार्फत ६ हजार भन्दा बढी विक्रेताहरू र १६० भन्दा बढी राष्ट्रिय र अन्तर्राष्ट्रिय आधिकारिक ब्रान्डहरुले बेच्दै आएका ५ लाख भन्दा बढी उत्पादनहरुमा धेरै भन्दा धेरै छुट पाउने कम्पनीले जनाएको छ ।

यसपालिको ११/११ सेलमा ग्राहकहरुले साझेदार बैंकहरूको डेबिट र क्रेडिट कार्ड मार्फत समान अर्डर गर्दा २० प्रतिशत ३ सयसम्मको छुट पाउनेछन । यसको लागि नबिल बैंक, एनआईसी एसिया, सानिमा बैंक, ग्लोबल आईएमई बैंक, एनएमबी बैंक, मेगा बैंक, नेपाल बंगलादेश बैंक, कुमारी बैंक, लक्ष्मी बैंक, सेन्चुरी बैंक र हिमालयन बैंकका कार्डधारकहरू हुनपर्ने बताइएको छ ।

११/११ मा ग्राहकहरुले दराज वन रुपैयाँ गेम, एड टु कार्ट एण्ड विन मिसन ११/११, र डिएफजी लुडो प्रतियोगिता जस्ता रमाइलो गेमहरुमा भाग लिएर आकर्षक पुरष्कारहरु जित्ने मौका पनि पाउनेछन ।


क्लिकमान्डु