नेपाल ल्युव आयलको साधारण सभा सम्पन्न, १० प्रतिशत नगद लाभांशको प्रस्ताव पारित



काठमाडौं । नेपाल ल्युब आयल लिमिटेडको २९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले सेयर होल्डरहरुलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सभामा अध्यक्ष अरुणकुमार चौधरी तथा बोर्ड अफ डाइरेक्टर, कम्पनी सचिव र अन्य सेयरहोल्डरहरुको ५३.१४ प्रतिशत र भर्चुअल माध्यम जुम एपमार्फत १५.०१ प्रतिशत उपस्थिति गरी ६८.१५ प्रतिशत सहभागिता थियो ।

कम्पनीका अध्यक्ष अरुणकुमार चौधरीले हालको अवस्थामा उद्योगलाई सदैव सुचारु राख्नु नै एकमात्र चुनौति रहेको यस विषम परिस्थितीमा कामदार, कमर्चारी एवंम कम्पनीसंग आबद्ध सवैको स्वास्थ्यको ख्याल राखिरहेको अवस्थामा शेयरहोल्डरको समेत कोरोना बीमा गर्ने बताए ।

सभामा उच्चस्तरिय गुणस्तरको लुब्रिकेन्टस् उत्पादन, छिटो छरितो सेवा, लाइभ अपठेट रिपोर्टिङ र उत्पादकत्वमा वृद्धि पुर्याउने अन्य विभिन्न योजनाहरु समेत प्रस्तुत गरिएको थियो । नेपाल ल्युब आयलले गल्फ आयल इन्टरनेसनलको प्रत्यक्ष निगरानीमा नेपालमै गल्फ लुब्रिकेन्ट उत्पादन गर्नुका साथै बिक्रीरवितरण समेत गर्छ । गल्फ अन्तर्राष्ट्रिय लुब्रिकेन्ट्स ब्रान्ड हो ।


क्लिकमान्डु