बैंक तथा वित्तीय संस्थालाई वित्तीय विवरण प्रकाशित गर्ने समय १५ दिन थप
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले प्रकाशित गर्ने वित्तीय विवरणको लागि समय थप गरेको छ ।
राष्ट्र बैंकले सूचना जारी गर्र्द चालु आर्थिक वर्षको पहिलो त्रैमासको अन्तरिम वित्तीय प्रतिवेदन प्रकाशन गर्नुपर्ने समय १५ दिन थपेको हो ।
बैंक तथा वित्तीय वित्तीय संस्थाले हरेक तीन महिना सकिएको १५ दिन भित्र वित्तीय प्रतिवेदन प्रकाशन गर्नुपर्नेमा अब एक महिना भित्र विवरण प्रकाशित गर्नुपर्ने छ ।
अब बैंक तथा वित्तीय संस्थाले कात्तिक मसान्तसम्म प्रकाशित गर्न सकिने भएको छ ।