फर्स्ट माइक्रोफाइनान्सले कमायो २ करोड ९७ लाख नाफा
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७७/०७८ को पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ ।
चालु आवको पहिलो त्रैमासमा संस्थाले २ करोड ९७ लाख १६ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा १०.७२ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा संस्थाले २ करोड ६८ लाख ३८ हजार रुपैयाँ नाफा कमाएको थियो ।
यो अवधिमा संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा देखिएको वृद्धिले नाफामा पनि सघाएको छ
गत आवको पहिलो त्रैमासमा ४ करोड २४ लाख ८० हजार रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिमा आईपुग्दा संस्थाको खु्द ब्याज आम्दानी बढेर ५ करोड २७ लाख ५७ हजार रुपैयाँ पुगेको छ ।
यस्तै सञ्चालन मुनाफा पनि ४ करोड २३ लाख ५६ हजार रुपैयाँबाट बढेर ४ करोड ७१ लख ६८ हजार रुपैयाँ पुगेको छ ।
पहिलो त्रैमासमा आईपुग्दा संस्थाको चुक्ता पुँजी ८७ करोड ६८ लाख ११ हजार रुपैयाँ रहेको छ । जगेडा कोषमा १६ करोढ ६० लाख ७३ हजार रहेको छ ।
प्रतिसेयर आम्दानी १३ रुपैयाँ ५६ पैसा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ ९४ पैसा छ ।