सुनको मूल्य प्रतितोला २ सयले घट्यो



काठमाडौं । सोमबार प्रतितोला २ सय रूपैयाँले घटेको सुन आज पनि २ सय रूपैयाँले घटेको छ । बिहिबार ९४ हजार ५ सय रूपैयाँमा छापावाला सुन खरिद बिक्रि भएको थियो ।

आज छापावाला सुनको प्रतितोला ९४ हजार ३ सय रूपैयाँमा खरिद बिक्रि भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

त्यसैगरी, तेजावी सुनको प्रति तोलाको मूल्य ९३ हजार ८ सय रूपैयाँ रहेको छ । साथै, चाँदी प्रतितोला १ हजार १ सय ७५ रूपैयाँमा खरिद बिक्रि भइरहेको छ ।


क्लिकमान्डु