बैंक ऋणको ब्याजदर १९ प्रतिशतले घट्यो, २ वर्षपछि यताको सस्तो



काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गरको ऋणको ब्याजदर २ वर्षमा करिब १९ प्रतिशतले घटेको छ । आर्थिक वर्ष २०७४/७५ मा बैंक तथा वित्तीय संस्थाको कर्जा ब्याजदर औषतमा १२.४७ प्रतिशत थियो । जुन गत आव २०७६/७७ मा आइपुग्दा १८.९३ प्रतिशतले घटेर १०.११ प्रतिशतमा सीमित भएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुको औषत आधारदर घटेसँगै कर्जाको ब्याजदर पनि घटेको हो । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार सो समयावधि बीचमा बैंक तथा वित्तीय संस्थाहरुको औषत आधारदर समेत १८.७६ प्रतिशतले घटेको छ ।

आर्थिक वर्ष २०७४/७५ मा बैंक तथा वित्तीय संस्थाको औषत आधारदर १०.७४ प्रतिशत थियो । जुन गत आव २०७६/७७ मा आइपुग्दा १८.७६ प्रतिशतले घटेर ८.५० प्रतिशतमा सीमित भएको छ ।

राष्ट्र बैंकले सार्वननिक गरेको तथ्यांकअनुसार निक्षेपको औषत ब्याजदर समेत २ वर्षमा ७.३७ प्रतिशतले घटेको छ । आर्थिक वर्ष २०७४/७५ मा बैंक तथा वित्तीय संस्थाको निक्षेपमा औषत ब्याजदर ६.४९ प्रतिशत थियो । जुन गत आव २०७६/७७ मा आइपुग्दा ६.०१ प्रतिशतमा सीमित भएको छ ।


क्लिकमान्डु