राष्ट्र बैंकले भन्यो ‘एटीएमको ढोका खुल्लै राखेर पैसा झिक्नुस्’



काठमाडौं ।अबबाट एटिएम प्रयोगकर्ताले एटिएम बुथको ढोका खुल्लै राखेर मात्र पैसा भिक्न पाउनेछन् । जसका लागि राष्ट्र बैंकले सकेसम्म बैंकहरुले एटिएमको ढोका खुल्ले राख्न भनेको छ । कोरोना भाइसरको संक्रमणको जोखिम बन्द एटिएममा बढी भएको हुँदा सो आग्रह ग्राहक गरिएको राष्ट्र नियमन विभागका कार्यकारी निर्देश देवकुमार ढकालले बताए ।

‘बैंकहरुको एटिएम बुथ सानो र साघुरो हुन्छ, त्यस्तो ठाँउमा संक्रमणको जोखिम पनि बढी हुन्छ,’ उनले क्लिकमाण्डूसँग भने, ‘जसकाराण हावा राम्रोसँग एटिएम बुथमा आवतजावत होस् भनेर ढोका खुल्ले राख्नु भनिएको हो ।’

ग्राहकलाई एटिएम प्रयोग गर्दा ढोका खुल्लै राखी पिन नम्बर जिउले ढाकेर प्रयोग गर्न आग्रह राष्ट्र बैंकको छ ।

साथै बैंक तथा वित्तीय संस्थाले अनिवार्य रुपमा एटीएम बुथमा सेनिटाइजर र टिस्यु पेपर राख्न निर्देशन दिइएको  कार्यकारी निर्देशन ढकालले बताए ।

‘एटीएम मेशिन प्रयोग गर्दा कोरोना संक्रमणको जोखिम हुँने भएकाले बैंकहरुलाई सबै एटीएममा अनिवार्य सेनिटाइजर र टिस्यु मौखिक निर्देश दिइएको छ,’ उनले क्लिमाण्डूसँग भने, ‘निर्देशनको पालना भए नभएको प्रहरी तथा राष्ट्र बैंक स्यमले अनुगमन गर्नेछ ।’

राष्ट्र बैंकले दिएको निर्देशन पालना नगर्ने बैंक कारावाहीमा पर्ने उनले जानकारी दिए ।


क्लिकमान्डु