माछापुच्छ्रे बैंकले शुरू गर्यो नेपालमै पहिलोपटक वी-च्याट वालेटको भुक्तानी सेवा



काठमाडौं । माछापुच्छ्रे बैंकले नेपालमा नै पहिलो पटक वी-च्याट वालेटको भुक्तानी सेवा भित्र्याएको छ । नेपालमा आउने चिनियाँ पर्यटकलाई लक्षित गर्दै वी-च्याट वालेटबाट हुने भुक्तानी स्वीकार गर्न यो सेवा शुभारम्भ गरेको हो ।

सम्झौता पश्चात नेपाल आउने पर्यटकहरुले माछापुच्छ्रे बैंकसँग आबद्ध मर्चेन्टबाट वस्तु तथा सेवा खरिद गरे वापत भुक्तानी गर्नुपर्ने रकम क्यूआर कोड स्क्यान गरी वी-च्याट वालेटबाट भुक्तानी गर्न सक्नेछन् ।

माछापुच्छ्रे बैंकले फस्ट डे टेक्नोलोजी प्रालिसँगको सहकार्यमा वी-च्याट वालेट सञ्चालनमा ल्याएको हो ।

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंकले पूर्वदेखि पश्चिम साथै हिमालदेखि पहाड, र तराइसम्म आफ्ना १५९ वटा शाखा, १३४ शाखारहित बैकिङ सेवा समेत गरी जम्मा २९३ स्थानमा रहेका सेवा सञ्जाल तथा १९८ वटा एटीएमहरु तथा १ हजारभन्दा बढी पिओएस मेसियनमाार्फतबाट ग्राहकलाई अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बंैकिङ सुविधा प्रदान गरिरहेको छ ।


क्लिकमान्डु