सिद्धार्थ बैंकको नाफा ७.३० % घट्यो, अन्य सूचक कस्ता ?



काठमाडौं । सिद्धार्थ बैंकको नाफामा ७.३० प्रतिशत गिरावट आएको छ ।

बैंकले अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा बैंकको नाफा २ अर्ब २५ करोड ७६ लाख ८८ हजार ३२३ रुपैयाँ रहेकोमा गत आवको सोही अवधिमा आईपुग्दा २ अर्ब ९ करोड २७ लाख ७० हजार ७४० रुपैयाँ रहेको छ ।

यो अवधिमा बैंकको वितरणयोग्य नाफा ८६ करोड ६४ लाख ८४ हजार ७५५ रुपैयाँ रहेको छ ।

बैंकको नाफा घटेपनि खुद ब्याज आम्दानीमा भने सुधार देखिएको छ । अघिल्लो आवको चौथो त्रैमासमा ४ अर्ब ६६ करोड ७३ लाख २७ हजार ७७७ रुपैयाँ रहेकोमा गत आवको सोही अवधिमा बढेर ५ अर्ब ५८ करोड ७९ लाख ९ हजार ८७७ रुपैयाँ रहेको छ ।

यस्तै सञ्चालन मुनाफामा भने गिरावट आएको छ । अघिल्लो आवको चौथो त्रैमासमा ३ अर्ब २८ करोड ३७ लाख ४ हजार २०३ रुपैयाँ रहेकोमा गत आवको सोही अवधिमा आईपुग्दा घटेर ३ अर्ब ६ करोड ५६ लाख ४१ हजार ५९६ रुपैयाँ रहेको छ ।

चुक्ता पुँजी ९ अर्ब ७८ करोड ७७ लाख ६७ हजार १४२ रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ५ अर्ब २४ करोड ३३ लाख ६४ हजार ४६९ रुपैयाँ रहेको छ ।

१ खर्ब ३९ अर्ब ६० करोड ९४ लाख ९७ हजार ५४३ रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १ खर्ब २३ अर्ब ४४ करोड ८० लाख ८९ हजार ७५१ रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको खराब कर्जा ०.७५ प्रतिशतबाट बढेर १.५६ प्रतिशत पुगेको छ ।
प्रतिसेयर आम्दानी २१ रुपैयाँ ३८ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १६३ रुपैयाँ २२ पैसा रहेको छ ।


क्लिकमान्डु