तीन वटा म्यूचुअल फण्डले सार्वजनिक गरे लाभांश, कसको कति ?
काठमाडौं । तीन वटा म्यूचुअलले लाभांश सार्वजनिक गरेका छन् ।
लाभांश सार्वजनिक गर्नेमा एनआईबिएल समृद्धि फण्ड–१, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ र सिद्धार्थ इक्विटी फण्डले आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट लाभांश दिने भएका हुन ।
जसमा एनआईबिएल समृद्धि फण्ड-१ले इकाइधनीहरुलाई करसहित १२ प्रतिशत लाभांश दिने भएको छ ।
यस्तै सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ ले इकाइधनिहरुलाई आव २०७६/०७७ को नाफाबाट इकाइधनीहरुलाई करसहित ५ प्रतिशत लाभांश दिने भएको छ ।
त्यस्तै सिद्धार्थ इक्विटी फण्डले पनि इकाइधनीहरुलाई ७.५ प्रतिशत लाभांश दिने भएको छ ।