नयाँ वर्ष आईएमईका ग्राहकलाई हर्ष नै हर्ष




काठमाडौं । नयाँ वर्ष २०७४को अवसरमा जापानबाट क्योदाई–आईएमई मार्फत् नेपाल पैसा पठाउँदा सेवाग्राहीहरुका लागि उपहारको व्यवस्था गरिएको छ । यसरी पैसा पठाउँदा हरेक दिन २ जनाले जापानी येन पाँच हजार बराबरको सपिङ कुपन प्राप्त गर्ने छन् ।

जापानबाट क्योदाई–आईएमई मार्फत पैसा पठाउने सवै सेवाग्राहीहरु सहभागी हुनसक्ने यो प्रवद्र्धनात्मक योजना यहीं अप्रिल १ देखि ३० सम्म कायम हुनेछ ।

योजना अवधिभरमा जापानबाट क्योदाई मार्फत आईएमई गर्नुहुने सेवाग्राहीहरु मध्येबाट ट्रान्जेक्शन नम्बर र नामका आधारमा दैनिक र साप्ताहिक विजेता घोषणा गर्ने कम्पनीले जनाएको छ ।
दैनिक विजेताको हकमा उपहार प्रत्येक दिन साझ र साप्ताहिक विजेताका लागि सप्ताहन्तमा घोषणा गर्ने तथा यसको जानकारी संचारमाध्यम र आईएमईको अफिसियल फेसबुक पेज मार्फत दिइने छ ।


क्लिकमान्डु