प्रभु बैंकको ऋणपत्रको बिक्री खुल्यो, कति दिने आवेदन ?



काठमाडौं । प्रभु बैंकले ८ वर्ष अवधिको लागि ‘१० प्रतिशत प्रभु बैंक डिबेन्चर २०८३’ नामक ऋणपत्रको बिक्री खुला गरेको छ ।

उक्त ऋणपत्रमा साउन १९ गते (सोमबार) देखि साउन २३ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा ऋणपत्र बिक्री नभएको खण्डमा भदौ १ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङले जनाएको छ ।
बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ दरमा २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको हो ।

बिक्री खुला गरिएको २ अर्बको २० लाख कित्ता मध्ये ८० करोडको ८ लाख कित्ता सर्वसाधारणका लागि बिक्री खुला गरिएको छ । यस्तै सामूहिक लगानी कोषलाई ५ प्रतिशत अर्थात ४० हजार कित्ता र बाँकी रहेको १ अर्ब २० करोडको १२ लाख कित्ता बैंकले विभिन्न संघ संस्थालाई बिक्री गर्ने छ । उक्त ऋणपत्रको वार्षिक ब्याजदर १० प्रतिशत रहेको छ ।

यो ऋणपत्रमा न्यूनतम २५ देखि अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । ऋणपत्रलाई केएर नेपालले ‘इक्रा एनपी बीबीबी प्लस’ रेटिङ दिएको छ ।
यसमा सी-आस्वामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनको शाखाबाट आवेदन दिन सकिनेछ ।


क्लिकमान्डु