२६ करोड राख्न बैंक तथा वित्त संस्था खोज्दै नेपाल राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले २६ करोड रुपैयाँ लगानी गर्ने भएको छ । बैंकले उपदान तथा पेन्सन कोषमा रहेको २६ करोड रुपैयाँ लगानी गर्न लागेको जनाएको छ ।

जसमा राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा २० करोड ८० लाख, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंकमा ३ करोड ९० लाख र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा १ करोड ३० करोड रुपैयाँ लगानी गर्ने भएको छ ।

उक्त रकम लिन चाहने बैंक तथा वित्तीय संस्थाले भदौ १ देखि २०७८ जेठ १ गतेसम्म २७२ दिनको मुद्दति निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले जेठ १९ गतेभित्र सिलबन्दी प्रस्ताव पेश गर्नुपर्ने छ । त्यसको लागि बैंक तथा वित्तीय संस्थाले तोकेको मापदण्ड पूरा गर्नुपर्ने छ ।

यसको लागि बैंंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा २ वर्ष पूरा भएको हुनुपर्ने छ । बैंकबाट तोकिएको न्यूनतम पुँजीकोष कायम गरेको, निष्कृय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशतभन्दा कम रहेको, स्वेदशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको लगायतका सर्त पालना गर्नुपर्ने छ ।


क्लिकमान्डु