६ वटा महानगरले ल्याए बजेट, कुनको कति ?
काठमाडौं । देशका ६ वटा महानगरले आर्थिक वर्ष २०७७/७८ का लागि बजेट सार्वजनिक गरेका छन् । बुधबार महानगरले आगामी वर्षका लागि बजेट सार्वजनिक गरेका हुन् ।
जसमध्ये सबैभन्दा धेरै काठमाडौं महानगरपालिकाले १६ अर्ब ४२ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । उपमेयर हरिप्रभा खड्गीले बजेट सार्वजनिक गरेकी हुन् ।
त्यसैगरी ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ४ अर्ब ७९ करोड रुपैयाँको बजेट सार्वजनिक गरे भने गण्डकी प्रदेशस्थित पोखरा महानगरपालिकाकि उपमेयर मञ्जु गुरुङले ६ अर्ब १९ करोड रुपैयाँको बजेट सार्वजनिक गरिन् ।
त्यसैगरी पर्साजिल्लाको वीरगञ्ज महानगरपालिकी उपमेयर शान्ति कार्कीले आगामी वर्षका लागि ३ अर्ब ८६ करोड रुपैयाँको बजेट सार्वजनिक गरिन भने मोरङस्थित विराटनगर महानगरपालिकाकि उपमेयर इन्दिरा कार्कीले ३ अर्ब ३७ करोड रुपैयाँको बजेट सार्वजनिक गरिन् ।
साथै चितवनको भरपुर महानगरपालिकाकि उपमेयर पार्वती शाहले ४ अर्ब १५ करोड रुपैयाँको बजेट सार्वजनिक गरिन् ।