सरकारको प्राथमिकता सार्वजनिक यातायात हो, त्यसमा कर बढाइएको छैनः अर्थमन्त्री खतिवडा
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारको प्राथमिकता सार्वजनिक यातायात मात्रै रहेको र ती गाडीमा कर नबढेको बताएका छन् ।
राष्ट्रियसभाको बैठकमा बोल्दै उनले विद्युतीय सवारी साधान भएर मात्रै हाम्रो समस्याको समाधान नहुने बताए ।
‘प्रदुषण त कम होला तर त्यसले ठूलो मात्रामा विदेशी मुद्रा खर्च गराउन पेट्रोलसँग जोडेर हेर्ने हो भने त्यो बुद्धिमतापूर्ण निर्णय हुँदैन । सार्वजनिक यातायातका साधनमा १ प्रतिशत भन्सार दर छुट कायमै छ,’ उनले भने ।
सवारी साधन विद्युतीय माध्यमबाट नै चलाउने भने पनि विद्युतीय सवारी साधनमा पनि सार्वजनिक यातायातलाई प्राथमिकतामा राख्ने बताए । उनले कृषिको रासायनीक मलको भन्सार महसुल नबढेको दाबी गरे ।
औद्योगिक प्रायोजानका लागि उद्योगले रसायनको रुपमा आउनको मलको मात्रै भन्सार महसुल बढेको बताए । कृषकले प्रयोग गर्ने मलमा भन्सार महसुल नबढेको उनको तर्क छ ।
बैठकमा सांसद जितेन्द्र नारायण देवले विद्युतीय गाडीको भन्सार दर बृद्धि, कृषि क्षेत्रलाई चाहिने रसायन मलमा ५ प्रतिशत भन्सार महसुल बढाएको, हाइब्रिडको बिउ बिजनमा पहिला १५ प्रतिशत रहेको र अहिले १५ प्रतिशत पुर्याएको, पूर्वाधार विकास कर भन्सार बिन्दुमा उठाउने भनेको भन्दै करको दर बढी किन विषय भएको भन्दै प्रश्न गरेका थिए । यस्ता विषयमा कर घटाउनु पर्ने उनको सुझाव रहेको थियो ।