आइएमईकोे नयाँ योजनाः घरमा नै बसेर १ लाख जित्ने अवसर



काठमाडौं । आइएमईले आफ्ना ग्राहकलाई घरमा नै बसेर १ लाख रुपैयाँ जित्ने अवसर दिएको छ । कम्पनीले यसअघि सार्वजनिक गरेको मोबाइल रेमिट्यान्स सेवामा सहभागी हुने ग्राहकलाई उपहार योजना ल्याएको हो ।

कम्पनीले कोरोना भाइरसकोे प्रभावलाई मध्यनजर गर्दै घरबाहिर ननिस्की नै रेमिट्यान्स गरिएको रकम सजिलै प्राप्त गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्नका लागि “आइएमई घरमै– रू. १ लाख जितौं” भन्ने उपहार कार्यक्रम योजना ल्याएको जनाएको छ ।

“आइएमई घरमै” उपहार योजनाबाट आइएमई गरिएको रकम आइएमई पे मोबाइल वालेट एपमा प्राप्त गर्ने १ जना भाग्यशालीलाई १ लाख रुपैयाँ र हरेक हप्ता ५ जनालाई ५ हजार रुपैयाँ प्रदान गरिनेछ । सो योजना असारको अन्त्यसम्म मात्र लागू हुने कम्पनीले जनाएको छ ।

नेपालभित्र गरिने रेमिट्यान्स वा विदेशबाट आएको रेमिट्यान्सलाई एजेन्टकहाँ गई रकम लिन सकिने भएापनि हाल बाहिर निस्किँदा सङ्क्र्रमणको जोखिम हुने भएकाले आफ्नो मोबाइल फोनमा नै रकम प्राप्त गर्न सकिने गरी यो सेवाग्राहीमुखी रहने कम्पनीको विश्वास छ ।


क्लिकमान्डु