मोटरबाइक र कार चढ्नेलाई फाइदा, सुदुरपश्चिम प्रदेशले घटायो सवारीमा कर



काठमाडौं । सुदुरपश्चिम प्रदेशले आगामी वर्षका लागि निजी सवारी साधनमा वार्षिक रुपमा लाग्दै आएको करमा छुट दिएको छ ।

प्रदेशले आगामी वर्षका लागि कार, जीप, भ्यान, माइक्रोबसमा लाग्दै आएको वार्षिक कर घटाएको हो ।

प्रदेशले १ हजार सीसी क्षमतासम्म भएका सवारीमा २१ हजार रुपैयाँबाट १९ हजार रुपैयाँमा कायम गरेको छ । त्यसैगरी १००१ देखि १५०० सीसी क्षमतासम्ममा २३ हजारबाट घटाएर २१ हजार, १५०१ सीसीदेखि २ हजार सीसी क्षमतासम्ममा २५ हजारबाट घटाएर २३ हजार कायम गरेको छ ।

त्यसैगरी २००१ सीसी क्षमतादेखि २५०० सीसी क्षमतासम्म ३८ हजारबाट घटाएर ३२ हजार, २५०१ देखि २९०० सीसीसम्म ४५ हजारबाट घटाएर ३७ हजार र सोभन्दा माथिको हकमा ६५ हजारबाट घटाएर ५३ हजार रुपैयाँ वार्षिक कर कायम गरेको छ ।

त्यसैगरी डोजर, एक्साभेटर, लोडर, रोलर, ट्रिपर, क्रेन जस्ता मेसिनरी उपकरणमा ४० हजारबाट घटाएर ३५ हजार र मिनिटपरमा लाग्दै आएको ३० हजार वार्षिक करबाट घटाएरलाई २५ हजार रुपैयाँ कायम गरेको छ ।

त्यसैगरी टे«क्टरमा ५ हजारबाट घटाएर ४ हजार रुपैयाा र पावर टिलरमा ३५ सयबाट घटाएर १ हजार रुपैयाँ कायम गरेको छ ।

त्यसैगरी मिनिट्रक÷मिनिबसमा २७ हजारबाट घटाएर २० हजार रुपैयाँ र ट्रक÷बसमा ३५ हजार रुपैयाँबाट घटाएर ३० हजार रुपैयाँ कायम गरेको छ ।

मोटरसाइकलको हकमा भने केही नीतिगत परिर्वतन समेत गरेको छ । जसमा पहिले १२५ सीसीसम्म क्षमता भएको मोटरसाइकलको हकमा २५ सय मात्रै वार्षिक करलाई यथावत राखेको छ ।

जसमा १२६ सीसीदेखि १५० सीसीसम्म गत वर्ष ४ हजार लाग्दै आएकोमा अब भने १२६ सीसीदेखि २५० सीसी क्षमता भएका मोटरबाइकमा ४५ सय वार्षिक कर लाग्नेछ ।

गतवर्ष भने १५१ सीसीदेखि २५० सीसीसम्मा लाग्दै आएको ८ हजार रुपैयाँको करलाई यथावत राख्दै सीसीमा भने परिर्वतन गरेको छ ।

यसवर्ष २५१ सीसीदेखि ४०० सीसीसम्मका लागि ८ हजार रुपैयाँ लाग्नेछ । गत वर्ष २५१ सीसीदेखि ४०० सीसीसम्म १६ हजार रुपैयाँ वार्षिक कर लाग्थ्यो ।

त्यसैगरी गतवर्ष ४ सय सीसी क्षमताभन्दा बढी भएका मोटरबाइकमा ३० हजार रुपैयाँ वार्षिक कर लाग्थ्यो भने यसवर्ष ९ हजार रुपैयाँ कर लाग्नेछ ।

भाडामा दर्ता भएका सवारी
भाडामा दर्ता भएका सवारी साधनको हकमा कार, जीप, भ्यान, माइक्रो बसमा पनि वार्षिक सवारी कर घटाइएको छ । जसमध्ये १३ सय सीसीसम्म १० हजारबाट घटाएर ८ हजार रुपैयाँ बनाइएको छ ।

त्यसैगरी १३०१ सीसीदेखि २ हजार सीसीसम्म १२ हजारबाट घटाएर १० हजार, २००१ सीसीदेखि २९०० सीसीसम्म १४ हजारबाट घटाएर ११ हजार, २९०१ सीसीदेखि ४ हजार सीसीसम्म १६ हजारबाट घटाएर १३ हजार र ४००१ सीसी र सोभन्दा माथिका सबैमा २० हजारबाट घटाएर १५ हजार कायम गरिएको छ ।

त्यसैगरी यो वर्ष डोजर, एक्साभेटर, लोडर, रोलर, ट्रिपर, क्रेन जस्ता मेसिनरी उपकरणमा १५ हजार, ट्रेक्टरमा १५ सय, पावर टिलरमा १ हजार, मिनिट्रक र मिनिबसमा १० हजार, मिनि ट्रिपर १२ हजार र ट्रक र बसमा १६ हजार रुपैयाँ वार्षिक कर कायम गरिएको छ ।


क्लिकमान्डु