‘चकलेट, विद्युतीय गाडी र महंगा रक्सीको भन्सार दरको सूचना चुहाएर अर्थमन्त्रीले भ्रष्टाचार गरे’



काठमाडौं । राष्ट्रियसभाको बैठकमा सांसदहरुले सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेट कृषि, स्वास्थ्य क्षेत्रमा प्रभावकारी बजेट नभएको दाबी गरेका छन् ।

विनियोजन विद्येयक २०७७ मा भएको छलफलमा सांसदहरुले यस्तो बताएका हुन् । केही सांसदले त आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटमा चकलेट, विद्युतीय गाडी र महंगा रक्सीको भन्सार दरको सूचना चुहाएर भ्रष्टाचार भएको दाबी गरेका छन् ।

सांसद सांसद प्रमिला कुमारीले विद्युतीय सवारी साधान, चकलेट र मंहगा रक्सी खरिदमा पनि भ्रष्टाचार भएको सुनिएको भन्दै त्यसको जवाफ अर्थमन्त्री डा. युवराज खतिवडासँग माग गरेकी छन् ।

बैठकमा उनले सरकारले स्वास्थ्य मन्त्रालयलाई दिएको, कृषि मन्त्रालयलाई दिएको बजेटले प्रभावकारी काम गर्न नसक्ने बताइन् । यो बजेटले विदेशबाट आउने नेपालीलाई प्रयाप्त मात्रामा रोजगारी दिलाउन नसक्ने तर्क गरिन् ।

सांसद जितेन्द्र नारायण देवले आगामी आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धि हाँसिल गर्न नसकिने बताए ।

‘हिसाब गरौन त ५/६ प्रतिशत सम्म होला की । ७ प्रतिशत नै हुने हो भने शुभकामना । देश अघि बढोस, तर यो सम्भव नहोला’ उनले भने ।

बजेटले सानातिना उद्योगलाई पनि स्टिमुलस प्याकेज दिएर उद्योग चलायमान गराउन सुझाव दिएका छन् ।

यो देशमा अरु पनि १ सय १ अर्थशास्त्री रहेको भन्दै उनले अर्थमन्त्री खतिवडालाई त्यस्ता अर्थशास्त्रीको कुरा सुन्ने बानी बसाल्न अर्थमन्त्रीलाई आग्रह गरेका छन् । बजेटमा बढी प्रथामिकता दिनु पर्नेमा त्यो हुन नसकेको बताए ।

पहिला नेपालले धान चामल निर्यात गरेकोमा अहिले किन आयात भइरहेको छ, उत्पादन घटनुको कमजोरी सबैले अध्ययन गर्न आवश्यक रहेको बताए ।

सांसद राधेश्याम अधिकारीले राजस्व विपदको कारण घटको भन्दै स्थानीय र प्रदेशमा नै राजस्व घटने हो भने त्यहाँको विकास कम हुने दाबी गरे ।

बजेटले कृषिको लागि काम गर्न नसकेको बताए । बेरोजगार रहेका नेपालीलाई कृषिमा रोजगारी दिने नितीको लागि बजेट अपुग भएको उनको दाबी छ ।

सरकारले मलमा कर बढाएको, न्यूनतम मूल्य नतोकेको, प्रत्येक प्रदेशमा भण्डारणको व्यवस्था गर्न नसकेको कारण कृषिमा सुधार आउन नसकेको उनको तर्क छ ।


पुष्प दुलाल