कोरोना मैले निम्त्याएको होइन, फागुनसम्मको जिम्मेवारी लिन्छु, चैतयताको सबैले लिनुपर्छः अर्थमन्त्री खतिवडा



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले ३ खर्बको हाराहारीमा राहत प्याकेज ल्याएको बताएका छन् ।

राहत पर्याप्त नभएको भन्ने गुनासो आएपनि विभिन्न सहुलियतपूर्ण ऋण, सरकारको अनुदान ब्याज, अनुदानबाट ३ खर्ब हाराहारीमा राहतको प्याकेज ल्याएको दाबी गरे ।

मंगलबार प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि उठेको प्रश्नहरुको जवाफदिँदै मन्त्री खतिवडाले अर्थमन्त्रीले नै कोरोना ननित्याएको भन्दै चैत यताको आर्थिक क्रियाकलापको जिम्मेवारी सबैले लिनुपर्ने बताए ।

फागुनसम्ममा खर्च राम्रो भएको र फागुनसम्मको जिम्मेवारी अर्थमन्त्रीले लिने र त्यसपछिको जिम्मेवारी सबैले लिनुपर्ने बताए ।

बैठकमा मन्त्री खतिवडाले विश्व बैंकले नेपालको अर्थतन्त्र राम्रोसँग अघि बढेको भनेको पनि स्मरण गराए । कोरोनमा खर्च भएको १० अर्ब रुपैयाँको खर्चको सबैले थाहा पाउने गरी सार्वजनिक गर्ने बताए ।

एससीसीको विषयमा सम्झौता पत्रको विषयमा संसदमा छलफल गर्न आग्रह गरे । अर्थमन्त्रालयले उक्त सम्झौता गरेको भन्दै त्यसको केही सच्याउन पर्ने विषयमा मिलाउन सकिने धारणा राखे ।

एमसीसीको विषयमा बोल्दै खतिवडाले मित्रराष्ट्रसँगको सम्बन्ध तोड्न नमिल्ने र वैदेशिक सहायता आउने बाटो रोक्न नमिल्ने बताए । छलफलमा योजना आयोगले पहिला बनाएको सिलिङभन्दा निकै तल गएर सिलिङ तयार पारेको बताए ।

भौतिक लगायतका केही मन्त्रालयको बजेट कटौती गरेको र आगामी आवमा सक्ने र अधुरा आयोजना सक्नका लागि बजेट विनियोजन गरेको तर्क गरे ।

उनले सबै स्थानीय तहका कृषिलाई स्थान दिएको । प्रत्येक निर्वाचन क्षेत्रमा भौतिक पूर्वाधार लैजाने गरी बजेट दिएको समेत जानकारी गराए ।

उनले प्रदेश र भूगोलको बजेट मिलनेकी भन्ने प्रश्न उठेको, प्रदेश र स्थानीय तहलाई बजेट कम गयो की भन्ने रहेको छ । बजेट ४ प्रतिशत , राजस्व ९ प्रतिशत कम हुनेछ । विशेष र समपुरक हेरफेर नभएको बताए । राजस्व बाँडफाँड र चार प्रकारको अनुदानबाट जाने बजेट हेर्दा स्थानीय तहमा बजेट गएको बताए ।

मन्त्री खतिवडाले ६ खर्बको दायित्व संघमा रहेको हुनाले त्यही अनुसारको बजेट विनियोजन गरेको बताए । पुननिर्माणको सबै पैसा ऋणबाट लिएको जानकारी गराए ।


क्लिकमान्डु