अर्थमन्त्रीलाई सांसदको सुझावः अर्थ मन्त्रालयबाट ज्वाँई हटाउनु



काठमाडौं । प्रतिनिधि सभाको बैठकमा सांसदले नै अर्थमन्त्री डा. युवराज खतिवडालाई अर्थमन्त्रालयबाट ज्वाँईलाई हटाउन माग गरेका छन् ।

बैठकमा सांसद महेन्द्र कुमारी लिम्बुले मन्त्रालयबाट ज्वाईलाई हटाउन आग्रह गरेकी हुन् । उनले भनिन् ‘आफ्नै ज्वाईलाई ल्याएर ज्वाईको इसारामा काम गरेको छ । त्यो बन्द गर्नुपर्छ । व्यापारीलाई करमा छुट दिनुपर्छ ।’

कोरोनाको लागि छुट्याएको बजेट त्यसमा खर्च नभएकोमा आपत्ति जनाएकी छिन् । सरकारको कोषमा भएको पैसाले राहत नबाँडेको र व्यापारीहरुले नै बाँडेको स्मरण गराइन । उनले बैठकमा काठमाडौंका भाटभटेनि, मन्त्रीको सेयर भएको ठाँउलाई २४ सै घन्टा खोल्न दिने गरेको आरोप लगाइन । उनले साना व्यापारीलाई पसल खोल्न नदिएको र उनीहरुले कर तिर्न पनि नसकेको दाबी गरिन ।

सांसद कोषको पैसा कोरोना नियन्त्रण तथा रोकथाममा लगाउन आग्रह गरिन । त्यसो गरेमा कोरोना न्यूनिकरणमा सहयोग पुग्ने उनको तर्क छ । उक्त रकमले गरिब जनताको उपचार गर्न सकिने पनि जानकारी गराइन । सांसद लिम्बुले सिमामा रहेका शसस्त्र प्रहरीको लागि व्यवस्थित आवासको पनि व्यवस्था गर्न आग्रह गरिन ।

यता खरेल नेपाल राष्ट्र बैंकका निर्देशन हुन । उनी अर्थमन्त्रालयमा मन्त्री खतिवडाले काजमा ल्याएका हुन । खरेलले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट निर्माण गर्दा पूर्ण रुपमा अर्थमन्त्रीलाई सहयोग गरेका थिए ।


क्लिकमान्डु