विदेशबाट नेपाली ल्याउन सजिलो छैन: प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारीका लागि विदेशमा रहेका नेपालीलाई सरकारले ल्याउन चाहेर पनि तत्काल सम्भव नरहेको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा सांसदले सोधेको प्रश्नको जवाफ दिँदै विदेशमा रहेका नागरिक नेपालमा ल्याउन चाहेर त्यसका लागि आवश्यक तयारी चाहिने र तत्काल सम्भव नरहेको बताए ।

ओलीले प्रश्न गरे, ‘अहिले विदेशमा रहेका ४५ लाख युवालाई स्वदेश ल्याउन कति समय लाग्छ ? अमेरिकाले १०० जना, अष्ट्रेलियाले १५० जना, कतारले १५० फिर्ता लगेको जस्तो होइन ।

हामीले कतारबाट नै पौने ४ लाख नेपाली ल्याउनु पर्छ । कतारबाट ल्याउने पौने ४ लाख राख्न आवश्यक तयारी कसरी गर्ने ?’

प्रधानमन्त्री ओलीले नेपाली नल्याउने भन्न खोजेको नभइ कतिलाई कसरी ल्याउने भन्ने विषय प्रमुख रहेको बताए ।

ओलीले कतारका प्रधानमन्त्री, यूएइका उपराष्ट्रपति, कुवेतका प्रधानमन्त्री, इजरायलका राष्ट्रपति ओमान, साइप्रसमा त्यहाँ रहेका नेपालीको विषयमा कुरा गरेको जानकारी गरेको बताए ।

ओलीले भने ‘उहाँहरु त्यहाँ उनीहरुको देश बनाउन गएका हुन्। आफ्नो देश बनाउन गएकालाई तत्काल नपठाउन भनेको छु, कुवेतमा अवैधानिक रुपमा रहेका नेपालीलाई वैधानिक बनाउन पनि पहल गरेको छ, उहाँहरुसँग कुरा गर्दा नेपालीलाई खान बस्नको कुनै समस्या नहुने भनिएको छ ।’

ओलीले मान्छे ल्याएर राख्न नसकी कोरोना भित्र्याएर देश नै सोत्तर बनाउनेतर्फ सरकार नरहेको पनि जानकारी गराए ।

ओलीले संसदमा उठेको प्रश्नको जवाफ दिने क्रममा नक्सा फिर्ता लिए जस्तो जमिन फिर्ता लिन सहज नभएको बताए । सरकारले अहिले कुनै उत्तेजनतामा आवेशमा नरहेको पनि बताए ।

तथ्य प्रमाणको आधारमा अघि बढने र भारत पनि वार्तामा बस्न तयार हुनुपर्ने ओलीको तर्क छ । उनले भने ‘नेपाल र भारतको मित्रता गाढा छ,सामाजिक सांस्कृति रुपमा बाधिएको छ, यसले दरार पैदा हुँदैन ।’
देशभन्दा ठूलो, देशको स्वाभिमान भन्दा ठूलो, मातृभूमि भन्दा ठूलो केही नहुने पनि बताए । अरुले भनेको भएर नबोलेको र त्यसो भन्नु स्वाभीमानी नभएको उल्लेख गरे नेपाल दासता अस्वीकार नगर्ने र नेपाल स्वाभिमानी राष्ट्र भएको जानकारी गराए ।

अहिलेको सरकारको राष्ट्रिय हित, स्वाभिमानको, राष्ट्रिय भावनाको प्रतिनिधित्व गर्ने बताए । यो कसैको दबाबमा सरकारले निर्णय नगरेको बताए ।

ओलीले कोरोना पछि पनि आर्थिक उन्नति गर्न सकिने तर मानवीय क्षतीपुर्ती गर्न नसकिने भन्दै घाटामा गएको नाफा कमाउन सकिने तर मानिसमा परेको समस्या समाधान गर्न नसकिने बताए ।

कोरोनाले उद्योगी, व्यवसायी ठूलो पदको केही नचिन्ने भएकोले उद्योगीले पनि ज्यान जोगाउन आवश्यक रहेको बताए ।

भ्रष्टाचार भएको भए भोली छानविन हुन्छ । अहिले बाँच्नुपर्छ । डेमेक्रोसिमा मैले भनेको विश्वास नजागे अब्रामलिंकनको किताब पढ्न पनि आग्रह गरे ।


क्लिकमान्डु