सानिमा बैंक र दराजको सोमबार शपिङ्गबार योजना
काठमाडौं । सानिमा बैंक र दराज प्रा.लि बिच अनलाइन सामान खरिद गरी अनलाइनबाटै भुक्तानी गर्दा छुट दिने सम्झौता भएको छ ।
सानिमा बैंकको कार्ड प्रयोगकर्ताहरुले सोमबार डेबिट वा क्रेडिट कार्ड मार्पmत शपिङ्ग गर्दा १० प्रतिशत वा अधिकतम ५ सय रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् । यो योजना २२ गते देखि लागु हुनेछ ।
उक्त सम्झौतामा सानिमा बैंकका तर्पmबाट बिक्रम श्रेष्ठ प्रमुख डिजिटल बैंकिङ्ग र दराजका तर्फबाट प्रवन्ध निर्देशक लिनो एलेरिङ्गले हस्ताक्षर गरेका छन् । उक्त योजनाले ग्राहकहरु डिजिटल बैंकिङ्ग प्रति आकर्षित हुने विश्वास राखेको जारी विज्ञप्तिमा उल्लेख छ ।
सानिमा बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै घरमै बसी अनलाइनबाटै मुद्दती खाता खोल्न तथा नविकरण गर्ने, अनलाइन खाता खोल्ने, बिजुली/टेलिफोन बिल भुक्तानी लगायतका डिजिटल बैंकिङ्ग सुबिधाहरु प्रदान गर्दै आइरहेकोे छ ।