कोरोनाको कारण चालु आर्थिक वर्षमा आर्थिक बृद्धिदर २.२७ प्रतिशतमा हुने



काठमाडौं । चालु आर्थिक वर्षमा २.२७ प्रतिशत मात्र आर्थिक बृद्धिदर हुने भएको छ । केन्द्रीय तथ्यांकले विभागले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक वर्षमा २.२७ प्रतिशत आर्थिक बृद्धिदर हुने जनाइएको छ ।

कुल ग्राहस्र्थ उत्पादनमा २८.२० प्रतिशत हिस्सा रहेको कृषि क्षेत्रको उत्पादन बृद्धिदर चालु आर्थिक वर्ष २.५४ प्रतिशतमात्र हुने छ । यस्तै १३.७२ प्रतिशत हिस्सा रहेको उद्योग,निर्माण र ग्यास तथा पानी क्षेत्रको बृृद्धिदर ३.३६ प्रतिशतले बृद्धि हुने भएको छ ।

५८.०८ प्रतिशत योगदान रहेको सेवा क्षेत्रको बृद्धिदर चालु आर्थिक वर्षमा १.९९ प्रतिशतले मात्र बढ्ने छ ।


क्लिकमान्डु