सनराइज बैंकद्वारा नेपमेड्स र काठमाडौं अर्गानिकबाट सामान खरिद गर्दा १०% छुट दिने



काठमाडौं । सनराइज बैंकले ग्राहकहरुलाई घरमै बसेर सामान खरिद गर्दा विशेष छुट दिने व्यवस्था गरेको छ ।

ग्राहकहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै बैंकले लकडाउनको समयमा नेपमेडस् र काठमाडौं अर्गानिक्सबाट बैंकको डेबिट/ क्रेडिट कार्ड तथा क्यु.आर कोड प्रयोगगरी सामान खरिद गर्दा १० प्रतिशत वा ५ सय रुपैयाँ विशेष छुट दिने जनाएको छ ।

नेपमेडस्ले उपत्यकाका ग्राहकहरुलाई घरमै औैषधी पु¥र्याउदै आएको छ भने काठमाडौं अर्गानिकलले विभिन्न अर्गानिक खाद्ययान्न अनलाइन मार्फत उपलब्ध गराउँदै आएको छ । उक्त छुट लकडाउन अवधिभर रहने बैकले जनाएको छ ।

कोरोना भाइरसको संक्रमणको कारण देशभर भइरहेको लकडाउनले खाद्यान्न तथा औषधी जस्ता अति आवश्यक सामान खरिद गर्न अप्ठेरो भइरहेको वर्तमान परिस्थिति तथा रोग संक्रमणको जोखिमलाई ध्यानमा राख्दै यस्ता सम्झौताहरु ग्रिएको बैंकले जनाएको छ । घरमा नै बसी डिजिटल बैंकिङ सुविधाको उपभोग गर्न बैंकले आग्रह गरेको छ ।

बैंकले ग्राहकको सहजतालाई ध्यानमा राख्दै देशव्यापी एटिम नेटवर्क, अनलाइन बंैकिङ्ग सेवाका साथै केहि नगद काउन्टर, रेमिटयान्स सेवाहरु सुचारु राख्दै आएको छ ।


क्लिकमान्डु