वित्तीय क्षेत्रका कर्मचारी हटाउन खोजेको भन्दै नेपाल वित्तीय कर्मचारी संघको विरोध
काठमाडौं । बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी लगायतका क्षेत्रबाट कर्मचारी हटाउन खोजेको भन्दै नेपाल वित्तीय कर्मचारी संघको विरोध जनाएको छ ।
पछिल्लाे समय नेपाल बैंक लिमिटेडले पनि राज्यको. निर्देशन विपरित काम गरेको र कर्मचारीलाई हटाउन खोजेको भन्दै कर्मचारी यूनियनले विरोध जनाएको छ । नेपाल वित्तीय कर्मचारी संघले बैंकले स्थायी, अस्थायी र करार कर्मचारीहरुलाई सेवाबाट हटाउन खोजेको भन्दै उक्त कार्यको भत्र्सना गरेको छ ।
‘यस्तो विषम परिस्थितीमा कार्यालयमा उपस्थित भई वा घरबाट संस्थाको महत्वपूर्ण जिम्मेवारी पुरा गर्ने कर्मचारीहरुलाई विशेष प्रोत्साहन भत्ताको व्यवस्था गर्नुको सट्टा नेपाल बैंक लिमिटेड व्यवस्थापनले कर्मचारीहरुको लागि न्यूनतम स्वास्थ्य सुरक्षा, बीमा र सवारीपास र यातायातको व्यवस्था नै नगरी यस विषम परिस्थितिको बेवास्ता गर्दै राज्यले लकडाउनको समयमा पालना गर्न जारी गरेको निर्देशन विपरीत, विधी र संस्थाको कर्मचारी विनियमावली विपरीत गैरकानूनी सर्कुलर जारी गरेको छ’ जारी विज्ञप्तिमा उल्लेख छ ।
यो बेला पनि सम्पूर्ण कर्मचारीहरुलाई कार्यालयमा उपस्थित हुनुपर्ने, उपस्थित नहुने कर्मचारीहरुको बिदा कटौती गर्ने लगायतका गैरकानुनी र अव्यवहारिक निर्णय गरी आमकर्मचारीहरुलाई आन्तकित पारेको प्रति भत्र्सना गरेको छ । कर्मचारीहरुसँग प्रत्यक्ष सरोकार राख्ने विषयहरुलाई बैंकमा कृयाशिल ट्रेड युनियनहरुसंग प्रत्यक्ष र अप्रत्यक्ष छलफल, परामर्श नगरी एक पक्षीय ढङ्गबाट जारी सर्कुलरबाट बैकमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको मनोबल गिर्न गई समग संस्थाको उत्पादकत्वमा समेत गम्भीर असर पर्ने तर्फ सचेत हुन पनि आग्रह गरिएको छ ।
बैंकमा कार्यरत कर्मचारीहरुको हित विपरीतको उक्त सर्कुलर फिर्ता गरी अविलम्ब विश्वासको वातावरण बनाई समस्याको निकास निकाल्न अपिल गरेको छ । बैंकमा क्रियाशिल कर्मचारी युनियन तथा यस संघको अपिललाई बेवास्ता गरी एक पक्षीय रुपमा अघि बढ्दा सृजना हुने असहज तथा अप्रिय परिस्थितीको जिम्मेवार व्यवस्थापन स्वयंम नै जारी विज्ञप्तिमा उल्लेख छ ।
‘व्यवस्थापनले गैरकानूनी तथा अव्यवहारिक रुपमा आमकर्मचारीहरुको भावना विपरीत गर्ने सम्पूर्ण कार्यका विरुद्ध त्यस बैंकमा क्रियाशिल युनियनहरुले आव्हान गर्ने विरोधका कार्यक्रममा पुनः यस संघ र संघसंग आबद्ध वित्तीय क्षेत्रका सम्पूर्ण युनियनहरुको पूर्ण समर्थन एवं ऐक्यबद्धता जाहेर गर्दछौं’ जारी विज्ञप्तिमा उल्लेख छ ।
कोरोनाको महामारीमा पनि ज्यानको बाजी लगाएर काम गर्ने कर्मचारीलाई विभिन्न बाहनामा बैंक तथा वित्तीय संस्थाको व्यवस्थापनले सेवाबाट हटाउने वा विमुख गर्ने खोजेको भन्दै उक्त कार्यको भत्र्सना गरेको जारी विज्ञप्तिमा उल्लेख छ । अत्यावश्यक सेवा अन्तर्गत वित्तीय क्षेत्रमा कार्यरत आमकर्मचारीहरु आफ्नो ज्यान जोखिममा राखी बैंक तथा वित्तीय क्षेत्रमा सेवा दिइरहेका कर्मचारीलाई कुनै पनि बाहनामा निकाल्न नहुने संघको धारणा छ ।
संस्थाका कर्मचारीहरुलाई काममा उत्प्रेरित गराउन प्रोत्साहन भत्ता उपलब्ध गराउने, भैपरी आउने विदारअनिवार्य विदारघर बिदा लगायतका बिदाहरु कटौती नगर्ने, सवारी पास र सवारी साधन र यातायातको व्यवस्था गर्ने, स्वास्थ्य सुरक्षा सामग्रीको व्यवस्था गर्ने र कार्यमैत्री वातावरण श्रृजना गर्ने काम गर्न आग्रह गरेको छ ।
हरेक संस्थामा क्रियाशिल कर्मचारी यूनियनद्वारा व्यवस्थापनबाट गरिने यस प्रकारका अपरिपक्क र एकपक्षिय निर्णयका विरुद्धमा गरिने कुनै पनि प्रकारको विरोध कार्यक्रममा यस संघको पूर्ण समर्थन रहने र त्यसको लागि ऐक्यवद्धता जनाएको जारी विज्ञप्तिमा उल्लेख ।