थर्मल गनको कालोबजारी गर्ने शंकर ग्रुपका मालिक सुलभ अग्रवाल पक्राउ



काठमाडौं । थर्मल गनको कालोबजारी गर्ने शंकर ग्रुप तथा जगदम्बा स्टिलका सञ्चालक सुलभ अग्रवाल पक्राउ परेका छन् ।

कोरोना भाइरसको संक्रमणको परीक्षणका क्रममा ज्वरो नाप्ने थर्मल गनको कालोबजारी गर्ने अग्रवाललाई महानगरीय अपराध महाशाखाले नक्सालबाट पक्राउ गरेको हो ।

महाशाखा प्रमुख एसएसपी शहकुल थापाका अनुसार थर्मल गनको कालोबजारी गरेको पाएपछि पक्राउ गरेको हो ।

अग्रवालको साथबाट ६७ थान थर्मल गन पनि नियन्त्रणमा लिइएको छ । ३ हजार ५ सय रुपैयाँ हाराहारीमा पाउने उक्त गन उनले १५ हजार रुपैयाँमा बिक्री गरेको पाइएको थियो ।

अग्रवाफ किर्गिस्तानको लागि अनररी कन्सुलर समेत रहेका अग्रवाललाई उलने प्रयोग गर्ने २०९ एचसिसि १ नम्बरकाे कुटनीतिक नियोगको नम्बर प्लेट राखिएको मित्सुबिसी पजेरो गाडीमा थर्मल गन बिक्री गर्न हिँडेको अवस्थामा पक्राउ परेका हुन् ।


क्लिकमान्डु