बैंकर्स संघको डिजिटल मिटिङ: एटीएम नभएका ठाउँमा ११ देखि १ बजेसम्म शाखा खोल्ने निर्णय

4.6k
Shares

काठमाडौं। एटीएम बुथ नभएका बैंकका शाखाहरु सीमित अवधिका लागि खुल्ने भएका छन्।

नेपाल बैंकर्स संघको बुधबार बसेको बैठकले एटीएम नभएका शाखा हरेक दिन ११ बजेदेखि १ बजेसम्म शाखा खोलेर बैंकिङ सेवा प्रदान गर्ने निर्णय गरेको छ । तर, यसरी शाखा खोल्दा स्थानीय सरकारसँग समन्वय गरेर खोल्नुपर्ने छ ।

संकटको अवस्थामा सर्वसाधारणले बैंकमा राखेको पैसा झिक्न पाउन् भन्ने उद्देश्यले एटीएम नभएका शाखा खोल्ने निर्णय गरिएको बैंकर्स संघका अध्यक्ष भुवन दाहालले क्लिकमाण्डूलाई जानकारी दिए ।

एटीएम भएका शाखाहरु भने बन्द हुने छन्। एटीएम बुथहरु सञ्चालन हुने छ। बैंकहरुले एटीएममा नियमितरुपमा पैसा हाल्ने छन्।

शाखा कार्यालय बन्द भएका बैंकहरुले त्यहाँको ब्राञ्च म्यानेजर र सेकेन्ड म्यानको नाम, नम्बरलगायतका विवरण सबैले देखिने ठाउँमा राख्नु पर्ने छ। बैंकहरुले आफ्नो वेवसाइटमा पनि यस्तो सूचना राख्नुपर्ने निर्णय भएको छ । जसअनुसार सर्वसाधारणले ब्राञ्च म्यानेजरलाई सम्पर्क गरेर बैंकको शाखामा जाने वा अन्य किसिमले कारोबार गर्न सक्नेछन् ।

यस्तो संकटको अवस्थामा बाहिरबाट सामानहरु ल्याउनुपर्ने भएकाले बैंकहरुले एलसी, ग्यारेन्टी, ट्रेजरीजस्ता सेवाहरु मूख्य कार्यालय र तोकिएको शाखाबाट दिनेछन् ।

बैंकर्स संघको बैठक डिजिटल बसेको अध्यक्ष दाहालले जानकारी दिए ।

अहिले बैक तथा वित्तीय संस्थामा साढे ३ एटीएम सञ्चालनमा छन्।

एटीएम भएकै ठाउँमा पनि कसैलाई अत्यावश्यक परेको अवस्थामा ब्राञ्च म्यानेजरलाई सम्पर्क गर्नुपर्ने हुन्छ । र, स्थानीय प्रशासनले अनुमति दिएको खण्डमा निश्चित समय खोलेर सेवा दिइने उनले जानकारी बताए ।

यसरी खोलिएका शाखामा काम गर्ने कर्मचारीको सुरक्षाका लागि मास्क, स्यानिटाइजर लगायतको व्यवस्था स्थानीय सरकारसँगको सहकार्यमा पर्नुपर्नेछ । शाखा २ देखि ३ जना कर्मचारीले चलाउने छन।

काठमाडौं उपत्यकाका हकमा भने बैंकहरुले ३ वटै पिजल्लामा गरेर कम्तिमा ३ वटादेखि ६ / ७ वटासम्म शाखाहरु सञ्चालनमा ल्याउने छन् । त्यसका लागि बैंकहरुले जिल्ला प्रशासन कार्यालयबाट पास लिइसकेको छन् ।

Skip This