अर्थ मन्त्रालयले माग्यो आगामी वर्षको बजेटका लागि सुझाव



काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७७-०७८ को बजेट निर्माणका लागि सम्बन्धित निकायसँग आवश्यक सुझाव माग गरेको छ ।

मन्त्रालयले सूचना जारी गर्दै बजेटमा समावेश गरिनुपर्ने नीति तथा कार्यक्रमका सम्बन्धमा आफ्ना सुझावहरु २०७७ वैशाख ५ गतेसम्म उपलव्ध गराउन आग्रह गरेको हो ।

उक्त सूचनामा विभिन्न संघ, संस्था, वुद्धिजिवी, विज्ञ, राजनैतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, संचारजगत तथा आम नागरिकहरुलाई सुझाव दिन आग्रह गरिएको छ ।


क्लिकमान्डु