कोरोना भाइरसको प्रभावः श्रमका लागि बहराइन गएका ३८ नेपाली फर्काइए



काठमाडौं । वैदेशिक रोजगारीका लागि बहराइन पुगेका ३८ जना नेपाली फकाइएका छन् । कोरोना भाइरसको बढ्दो संक्रमणका कारण आइतबार बहराइनबाट ३८ जना नेपाली फकाइएका हुन् ।

अध्यगामन विभागका महानिर्देशक ईश्वारराज पौडेलका अनुसार कोरोना भाइरसको संक्रमणका कारण आइतबार बिहान उनीहरुलाई फकाइएको हो ।

‘३८ जना नेपालीहरु वैदशिक रोजगारीका लागि बहराइन गएका थिए, उनीहरु आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फर्किएका छन्,’ उनले भने ।

उनका अनुसार बहराइन विमानस्थलबाटै उनीहरुलाई फर्काइएको हो । फर्काइएकाहरुको कागजपत्र संलकन गरी अहिले अन्य कुनै कारण हो वा होइन भन्ने विषयमा अध्यागमले अनुसन्धान शुरु गरेको छ ।

विभागका अनुसार कोरोनाको जोखिम विश्वव्यापी रुपमा बढ्दै गएपछि गत सातायता मात्रै दक्षिण कोरियाबाट १० जनाभन्दा बढी फर्किइसकेका छन् । भने इरानबाट पनि केही मानिसहरु फर्किएका छन् ।

विश्व स्वास्थ्य संगठनले कोरोनालाई संकटकालीन अवस्था घोषणा गरिसकेपछि विश्वव्यापी रुपमा विभिन्न देशले अध्यागमनमा कडाइ गरेका छन् ।

विभागका अनुसार अहिले चीनपछि दक्षिण कोरिया, इटली र इरानलाई कारोना भाइरसको रेड जोनमा राखिएको छ ।


क्लिकमान्डु