बालुवाटारमा खतिवडा र बामदेवको नाममा चर्काचर्की, खतिवडा मुस्काउदै संचारमन्त्रालयमा



फाइल फाेटाे

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले राष्ट्रपतिबाट मनोनित हुने राष्ट्रियसभा सदस्य पदमा उपाध्यक्ष बामदेव गौतमलाई लैजाने औपचारिक निर्णय गरेको भन्ने समाचार बाहिरीएको केही समयमा नै पुन त्यो निर्णय उल्टिएको समाचार पनि आएको छ ।

नेकपाको सचिवालयको बैठकले फागुन २० देखि रिक्त हुन लागेको राष्ट्रियसभाको सदस्यमा बामदेव गौतमलाई नियुक्त गर्ने निर्णय गरेको भनिएपनि प्रधानमन्त्री केपी शर्मा ओली अर्थमन्त्री डा. युवराज खतिवडालाई नै राष्ट्रियसभामा थप कार्यकालको लागि सिफारिस गर्ने पक्षमा देखिएको कुरा सार्वजनिक भएको छ ।

नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफुले बामदेव गौतमलाई सिफारिस नगर्ने कुरा गरेको चर्चा सुरु भएको छ ।

यो सँगै सञ्चार तथा सूचना प्रविधि मन्त्रालय समेत सम्हालेका अर्थ मन्त्री डा. युवराज खतिवडामा अनुहारमा चमक छाएको छ ।

निवर्तमान सञ्चार मन्त्री गोकुल बाँस्कोटा सेक्यूरिटी प्रिन्टिङ प्रेस खरिद गर्ने क्रममा ७० करोड रुपैयाँको डिल गरेको अडियो सार्वजनिक भएको थियो । उक्त अडियो सार्वजनिक भए लगत्तै मन्त्री पदबाट राजीनामा दिएका थिए । उनले मन्त्रीपदबाट राजीनामा दिएको एक साता बितिसकेको छ । बाँस्कोटाले राजीनामा दिएकै दिन अर्थमन् त्री डा. युवराज खतिवडालाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिएको थियो । साथै खतिवडालाई नै प्रधानमन्त्री ओलीले सरकारको प्रवक्ताको जिम्मेवारी समेत दिएका छन् ।

बुधबार मध्यान्न साढे २ बजेको हाराहारीमा सञ्चार मन्त्रालयका भेटिएका सञ्चार मन्त्री खतिवडाको अनुहारमा अन्य दिनको तुलनामा भन्दा निकै चाम, चमक देखिएको थियो ।

सामान्यतया सदैव गम्भिर मुद्रामा देखिने मन्त्री खतिवडा बुधबार भने खासै गम्भिर मुद्रामा देखिएनन् । केही साता अघि बटेको अर्धबार्षिक समिक्षामा पनि विश्वका कुन चाँही अर्थमन्त्री मस्तसँग निन्द्रमा परेका होलान र ? भन्नै प्रश्न संचारकर्मीलाई गरेका मन्त्री खतिवडाको अनुहार बुधबार निकै फरक र निकै सन्तोषजनक रहेको थियो ।

अर्थमन्त्रीको नजरले त हेर्दा मन्त्री खतिवडाको अनुहार त कतै सरकारले अपेक्षा गरे अनुसार आर्थिक वृद्धि भएको, पुँजीगत खर्च पनि अपेक्षा अनुसार भएको, राजस्व संकलन पनि अपेक्षा अनुसार नै भएको कसैलाई सुनाउन वा घोषणा गर्न हिँडेको जस्तो देखिएको थियो ।

उनी सञ्चार मन्त्रालयमा पुगेको समयमा नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य पदमा ल्याउन सिफारिस नगर्ने कुराको पनि चर्चा सुरु भइसकेको थियो । जसको कारण पनि उनको अनुहारमा हर्ष छाएको आँकलन गर्न गारो थिए ।

मन्त्रालयमा पुगेका उनले मन्त्रालयका विभिन्न शाखाका शाखा प्रमुखहरुसँग समेत मन्त्रालयको काम कारबाहीको विषयमा छलफल भएको बताइएको छ । बैठकमा सहभागी एक अधिकारीका अनुसार आगामी साता कार्यकाल सकिने जस्तो व्यवहारबाट नभएर दीर्घकालिन रुपमा आएजस्तो तरिकाको प्रस्तुत मन्त्री खतिवडाको थियो ।


क्लिकमान्डु