पूर्व प्रधानमन्त्री भट्टराईले भनेः ओली सरकारको २ वर्ष ‘जनतालाई वेल पाक्यो हर्ष न बिस्मात’
काठमाडौं । प्रतिनिधि सभाको बैठकमा पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बहुमतको सरकारले २ वर्षमा गरेका कामको प्रभाव ‘जनतामा कागलाई बेल पाक्यो हर्ष न बिस्मात’ भए जस्तै भनेका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा आफ्ना भनाई राख्दै नेपाली इतिहास नै सबैभन्दा बढी बलियो र सुविधाजनक बहुमत प्राप्त सरकारले जनताको हितको लागि भने २ वर्षमा खासै प्रगति गर्न नसको बताएका छन् ।
‘प्रधानमन्त्री केपी शर्मा ओली ज्यूले यसै संसदमा दुई वर्षमा सरकारले यो प्रगति गर्यो, त्यो प्रगति गर्यो भनेर राम्रैसँग प्रस्तुति दिनु भयो’ उनले भने ‘त्यो प्रगति विवरण फूलको आँखामा फूलै संसार भने जस्तै उहाँले मात्र देख्ने गरी भएको प्रगतिको विष्लेशण गरे जूस्तै हो ।’ एउटै सत्यलाई मान्छेहरुले आ–आफ्नै तरिकाले बख्खान गरेता पनि नेपाली जनतालाई भने २ वर्षको प्रधानमन्त्री ओलीको कार्यकाल कौवालाई वेल पाक्यो हर्ष न विस्मत भएको उनको भनाई छ ।
भट्टराई भन्छन्– ‘धेरै जसो मानिसहरुले यो दुई वर्षलाई खेर गएको वर्ष भनेरपनि भनिरहेका छन्, यसमा छुट्टै छलफल होस्’ यद्धापि प्रधानमन्त्री ओलीले फागुन ३ गते सरकारको २ वर्षे कायकालको प्रगति विवरण प्रस्तुत गर्ने क्रममा आफ्नो प्रधानमन्त्रीको कार्यकालमा गरेको कामको उल्लेख गरेर नै प्रसंसाा गरेकोमा उनले प्रधानमन्त्री ओलीलाई धन्यावद दिए ।