मुल्य बृद्धि ३.३ प्रतिशतमा :  राष्ट्र बैंक




काठमाडौं । नेपाल राष्ट्र बैंकले माघ महिनामा मुल्यबृद्धि ३.३ प्रतिशत मात्र भएको तथ्यांक सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले माघ महिनासम्मको आर्थिक स्थिती सार्वजनिक गर्दै मुल्य बृद्धि ३.३ प्रतिशत रहेको बताएको हो । अघिल्लो वर्ष यस्तो मुल्यबृद्धि ११.३ प्रतिशतमा थियो ।

राष्ट्र बैैंकका अनुसार यो वर्ष खाद्यान्य क्षेत्रको मुल्यबृद्धि घटेको छ । यो वर्ष खाद्य समुहको मुल्यबृद्धि ०.२ प्रतिशतले ऋणात्मक छ । अघिल्लो वर्ष यस्तो बृद्धि १२.८ प्रतिशतले बढेको थियो ।
माघ महिनामा गैर खाद्य समुहको मुल्यबृद्धि ६.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो बृद्धि १०.१ प्रतिशत थियो ।


क्लिकमान्डु