जैविक विविधताबाट कसरी आर्थिक सम्मृद्धि ल्याउने ? यी हुन् ५ आधारः हुमराज भुसालको लेख



नेपाल भौगोलिकरुपले भूपरिवेष्ठित राष्ट्र र सामाजिक एवं सांस्कृतिकरुपले विभिन्न प्रकारका कला, संस्कृति भएको राष्ट्र तथा जैविक विविधताले सम्पन्न राष्ट्र हो । अर्थात् नेपाल हरेक प्राकृतिक दृश्यको कारणले विश्वसुन्दरी हो भन्दा अत्युक्ति नहोला ।
विशेषगरी यहाँ नेपालको जैविक विविधता बारे चर्चा गरिनेछ ।

जैविक विविधता भन्नाले विश्वमा रहेका गतिशिल एवं स्थिर जीव वनस्पती तथा अन्य जैविक तत्वलाई जनाउँछ । यसको साथसाथै विश्वमा भएको विभिन्न प्रजातीको विविधतालाई जैविक विविधता भनिन्छ । अर्थात् संसारमा विद्यमान् विभिन्न प्राणीबीच हुने विभिन्न प्रजाती र तिनै प्रजातीका वंशानुगतबीच हुने विभिन्न प्रजाती र तिनै प्रजातिका वंशानुगत विविधतालाई जोगाइ राख्ने पारिस्थिक प्रणालीलाई जैविक विविधता भनिन्छ ।

यसले संसारमा भएका सजीव प्राणीहरु तथा जीवको भिन्नतालाई जनाउँछ । समग्रमा संसारमा रहेका सम्पूर्ण जीवित प्राणी तथा वनस्पतीबीचको भिन्नता, प्रकार, जम्मा संख्या र तिनका बीचको संयोजनलाई जैविक विविधता भनिन्छ ।

पृथ्वीमा करोडौं जीवात्मामा जैविक विविधता कायम भएको हुन्छ । जुन जैविक विविधता नेपालमा पनि छ । यसले विश्वको कुल हिस्साको २ प्रतिशतभन्दा बढी हिस्सा ओगट्न सफल भएको छ । यो हिस्सालाई नेपालको सही सदुपयोग गर्न सकेमा यसले नेपालको आर्थिक अवस्थामा क्रान्ति ल्याउने प्रशस्त आधारस्तम्भ छ ।

स्वदेशमै रहेको जैविक विविधताको उचित प्रयोग, संरक्षण, सम्बद्र्धन गरौं नेपालको आर्थीक समृद्धिका लागि बलियो आधार यसैलाई छनौट गरौं । नेपाली हुनुमा गर्व गरौं । आपसमा जुटेर देशमा आर्थिक क्रान्ति गरौं ।

जैविक विविधताको माध्यमबाट देशमा राष्ट्रिय आम्दानीको स्तरमा वृद्धि आउने र जसको उचित तौर तरिका वा समान वितरण गरिएको अवस्थामा प्रतिव्यक्ति क्रयशक्ति क्षमतामा वृद्धि ल्याउने, बचत गर्ने क्षमतामा वृद्धि ल्याउने तथा समग्र पुँजी निर्माण प्रतिव्यक्ति वृद्धि ल्याउने हुनाले पनि नेपालको जैविक विविधताले प्रतिव्यक्ति आयमा वृद्धि ल्याएर त्यसैको माध्यमबाट देशको आर्थिक समृद्धिमा बलियो आधार बन्न सक्छ ।

जैविक विविधता प्रतिइकाइ क्षेत्रमा रहेका जीवजन्तु, वनस्पती, प्राणी, जीवाणु, र उक्त क्षेत्रको वातावणरणीय प्रणाली हो । नेपालको सन्दर्भमा वातावरण संरक्षण ऐन २०५३ अनुसार जैविक विविधता भन्नाले पारिस्थितिक प्रणाली, प्रजाती विविधता र वशांणुगत विविधताको समष्टिगत रुप हो ।

जैविक विविधताको अध्ययन विश्वमा पहिलोपटक सन् १९८० को दशकमा भएको पाइन्छ । नेपालमा रहेका हरेक प्राणी, वनस्पती, जीवात्मामा विविधताको रुप छ । जसले गर्दा पनि नेपाललाई जैविक विविधताको हर क्षेत्रका रुपमा विकास गर्न सकिने प्रशस्त आधार हाम्रो सामू छ ।

बायोडाइभर्सिटी प्रोफाइल प्रोजेक्ट २०१८ का अनुसार विश्वका कुल क्षेत्रफलमा नेपालको ०.०३ प्रतिशत हिस्सा छ भने जैविक विविधताको हिसाबले नेपालको स्थिति निम्नानुसार रहेको पाइन्छ ।

१) विश्वमा पाइने कुल वनस्पतीहरु नेपालमा मात्र पाइने ।
२) करिब ३५० प्रजातीका वनस्पतीहरु नेपालमा मात्र पाइने ।
३) नेपालको ९५ प्रतिशत वनस्पतिको मात्र सूचीकृत गरिएको छ । बाँकी ५ प्रतिशतको सूचीकृत गर्न बाँकी ५ प्रतिशतको सूचीकृत गर्न बाँकी रहेको अवस्था छ ।
४) विश्वमा पाइने १८,१५० जातिका माछामध्ये नेपालमा १८५ जातिका माछा पाइन्छ ।
५) नेपालमा विश्वको करिब ४.५ प्रतिशत स्तनधारी जातिका प्रजाति ९.१४ प्रतिशत चरका जातिहरु र २.१ प्रतिशत पुतली जातिका कीराहरु पाइने तथा २.१ प्रतिशत विभिन्न जातका फूल फूल्ने विरुवा पाइने ।
५) विश्वमा नै लोपोन्मूखको सूचीमा परेको रेड पाण्डा तथा नेपालमा मात्र पाइने चरा काँडेभ्याकुर ।
६) नेपालको पूर्व पश्चिमको हरेक १ किमीको फरकमा हावापानी तथा दक्षिण उत्तर यात्राको हरेक १ किमीको फरकमा वनस्पति तथा रहनसहन, भेषभूषा, कला संस्कृति छ ।

अतः नेपाल विश्वमानचित्रमा सानो क्षेत्रमा समेटिएको भएता पनि नेपालमा पाइने जैविक विविधताको हिसाबले नेपाल अन्य देशभन्दा ठूलो भएको पाइन्छ । जैविक विविधत वातावरणीय पक्षसँग सम्बन्धित छ ।

यसर्थ वातावरणमा रहेका विभिन्न प्रजातिको विविधतालाई नै जैविक विविधता भनिन्छ जस्तै कुकुर, बिरालो, कुखुरा, डाफँ यी सबै अलग–अलग प्रजाति हुन् भने धानभित्र पनि विभिन्न जातिहरु छन् । कुखुरामा पनि विभिनन जातिहरु छन् ।

त्यसकारण प्रजातिहरुको विविधतालाई जैविक विविधता भनिन्छ । जैविक विविधता विशेषताहरु बनावट, अवस्थितिका आधारमा मूख्यतया नेपालमा निम्न प्रकारका रहेको पाइन्छ ।

जसले नेपालको आर्थिक विकासमा महत्वपूर्ण योगदान प्रदान गर्नेमा कुनै विवाद नभएको कारणले नै जैविक विविधता आर्थिक समृद्धिको बलियो आधार मानिएको हो । जैविक विविधताका प्रकारहरु मूलतः निम्न रहेका हुन्छन् ।

१. वातावरणीय प्रणालीगत विविधता
२. वशांनुगत विविधता
३. जीव तथा वनस्पतीको जातिगत विविधता

नेपाल आर्थिक रुपले कमजोर रहे पनि जैविक विविधताको कोणबाट हेर्ने हो भने यसलाई धनी राष्ट्रसँग तुलना गर्न सकिन्छ । विश्वमा पाइने ५ प्रकारको हावापानी नेपालमा पनि पाइने भएका पनि हुन सक्दछ ।

विभिन्न जीवहरुलाई बासस्थानका लागि अनुकुल वातावरण मिलेको छ । त्यसैगरी प्रत्येक प्रदेशमा पाइने फरक–फरक हावापानीका कारणले पनि हामीहरु प्रदेशभित्र पनि फरक-फरक संस्कृति भाषा, रीतिरिवाज, रहनसहन रहेको पाउँछौ । जसलाई उचित व्यवस्थापन र समायोजन गर्न सकेको खण्डमा नेपालको आर्थिक समृद्धिको आधार जैविक विविधता बन्नेमा शंका छैन ।

आर्थिक हिसाबले नेपाल एक गरिब विकासोन्मूख मुलुक हो । यहाँका १८.७ प्रतिशत जनताहरु निरपेक्ष गरिबीको रेखामुनिको जीवनयापन गर्न बाध्य छन् ।

यसलाई समाधान गर्न तथा देशको समग्र विकास प्रक्रियालाई अगाडि बढाइ नेपालमा आर्थिक समृद्धि ल्याउनका लागि देशमै उपलब्ध भएका जैविक विविधताले अत्यन्तै महत्वपूर्ण योगदान गर्न सक्ने प्रशस्त सम्भावना रहेको छ ।

नेपालको जैविक विविधता विश्वमा नै अनौठो प्रकारको भएकाले यहाँ विभिन्न देशका पर्यटकहरु अनुसन्धानकर्ताहरु, विद्यार्थीहरु प्राध्यापकहरुले भेट्न चाहने गर्दछन् । जसलाई उचित तरिकाले व्यवस्थापन गर्ने हो भने नेपालले आफ्नो आर्थिक वृद्धिदरलाई दोहोर अंकमा पुर्याउन अन्य कुनै प्रकारको कसरत गर्नुपर्ने आवश्यकता छैन ।

नेपालको जैविक विविधताले नेपालको आर्थिक समृद्धिमा कसरी सघाउँछ भन्ने कुराको आधारशिलाहरु निम्न अनुसार रहेका छन् ।

१. पर्यटनको विकास

नेपालको जैविक विविधताको वारेमा विश्वमा रहेका हरेक विश्वविद्यालयबाट मात्र प्रचारप्रसार गरिने हो भने पनि यसले नेपालको पर्यटनको विकास हुनुका साथै यससँग सम्बन्धित विभन्न क्षेत्रहरु जस्तै होटल व्यवसाय, ट्राभल्स एण्ड टुर, पथ प्रदशक, होमस्टे आदिको समूचित विकास हुनेछ । जसको माध्यमबाट नेपालको अर्थतन्त्र विकसित र समृद्धिको बाटोमा यात्रा तय हुनेछ ।

२. रोजगारीको अवसरको सिर्जना

जैविक विविधताको कारणले नेपालमा आउने विदेशी पर्यटको संख्यामा वृद्धि तथा यससँग सम्बन्धित विभिन्न प्रकारका गतिविधिमा आउने वृद्धिले नेपालमा नयाँ नयाँ रोजगारीका अवसरहरु सिर्जना हुनेछन् ।

जसको माध्यबाट अर्थतन्त्रमा पुँजी निर्माणको गतिविधिले पाइला चाल्नेछ । जसले बचतमा वृद्धि उपभोगमा वृद्धि मागमा वृद्धि लगानीमा वृद्धि गराइ समग्रमा पुँजी निर्माण कायम बढवा ल्याई रोजगारका नयाँ अवसरहरु सिर्जना गर्नेछ ।

३. बढ्दो व्यापार घाटा कम गर्ने स्रोत

वर्तमान समयसम्म पनि नेपालको वैदेशिक व्यापार प्रतिकूल अवस्थामा रहेको छ जसलाई अनूकूल बनाउनमा नेपालको जैविक विविधताको उचित व्यवस्थापन, प्रचार प्रसार गरी पर्यटकीय गतिविधिलाई बढाउदै गएमा नेपालको आर्थिक समृद्धिका लागि आवश्यक सर्त भूक्तान सन्तुलनको अनिवार्यतालाई पूरा गर्न सकिनेछ जसले नेपालमा आर्थिक समृद्धि ल्याउनेछ ।

४. वैदेशिक मुद्राको आर्जन

नेपालको पहाडी र हिमाली क्षेत्रमा करोडौँ राजस्व संकलन गर्न सक्ने क्षमतामा जडीबुटीहरु छन् । जसलाई उचित तरिकाले गोदाम गरी वैदेशिक बजारमा व्यापार गर्न सकिने प्रशस्त सम्भावना छ ।

जुन कुरालाई व्यवहारमा उचार्न सकेको खण्डमा वैदेशिक मुद्रा आर्जन गर्नका लागि वैदेशिक रोजगारको यात्रा नभई हिमाली जडीबुटी संकलनको यात्रामा लाग्न सकिनेछ । जसले नेपालको आर्थिक समृद्धिको ढोका खोल्नेछ ।

५. प्रतिव्यक्ति आयमा वृद्धि हुने

जैविक विविधताको माध्यमबाट देशमा राष्ट्रिय आम्दानीको स्तरमा वृद्धि आउने र जसको उचित तौरतरिका वा समान वितरण गरिएको अवस्थामा प्रतिव्क्ति आयमा वृद्धि हुन्छ र जसको आधारमा प्रतिव्यक्ति क्रयशक्ति क्षमतामा वृद्धि ल्याउने ।

त्यसैगरी, बचत गर्ने क्षमतामा वृद्धि ल्याउने तथा समग्र पुँजी निर्माण प्रक्रियामा वृद्धि ल्याउने हुनाले पनि नेपालको जैविक विविधताले प्रतिव्यक्ति आयमा वृद्धि लएर त्यसैको माध्यमबाट देशको आर्थिक समृद्धिमा बलियो आधार बन्न सक्नेछ ।

उल्लेखित आधारमा नेपालको जैविक विविधता नेपाल अर्थतन्त्रको समृद्धिको दरो आधारशिला बन्न सक्दछ भन्ने कुरा प्रष्ट भएको छ यद्यपि उल्लेखित तवरले नेपालको जैविक विविधताले आर्थिक विकासको ढोका खोल्ने भएता पनि वर्तमान समयमा नेपालको जैविक विविधता नोक्सानी गतितिर तीव्रता लिएको छ यसलाई उचित तवरबाट संरक्षण गर्नु आवश्यक भएको छ ।

जैविक विविधताको वर्तमान विनाशको दरलाई संरक्षण गर्नुपर्ने कारणहरु निम्नलिखित रहेका छन् ।

१. जीवहरुको अस्तित्व जोगाउन,
२. प्राकृतिक दृश्य सम्बद्र्धन गर्न,
३. आर्थिक तथा सामाजिक विकास गर्न,
४. स्रोतको दीर्घकालीन संरक्षण गर्न,
५. प्राकृतिक प्रक्रियामा सन्तुलन राँख्न,
६. अध्ययन तथा अनुसन्धान क्षेत्रको साख जोगाउन,

अतः नेपालको आर्थिक विकास गर्नमा धेरै प्रकारका पूर्वाधारहरु रहेता पनि वर्तमान समयमा जैविक विविधतालाई संरक्षण गर्दै यसैको विकास, सम्बद्र्धन गर्न सकिएको खण्डमा नेपालको आर्थिक विकास तथा दीर्घकालीन आर्थिक समृद्धिको ढोका खुल्नेछ । जसले हालका दिनमा करिब ५० लाखको संख्यामा विदेशिएका नेपाली नागरिकहरुलाई नेपालमा फर्काउने तथा विदेशी भूमि, तथा विदेशीका हितका लागि निर्दोश नेपाली नागरिकहरुले ज्यान गुमाउनु पर्ने बाध्यकारी अवस्थाको पनि अन्त्य हुनेछ ।

त्यसैले स्वदेशमै रहेको जैविक विविधताको उचित प्रयोग, संरक्षण, सम्बद्र्धन गरौं नेपालको आर्थीक समृद्धिका लागि बलियो आधार यसैलाई छनौट गरौं । नेपाली हुनुमा गर्व गरौं । आपसमा जुटेर देशमा आर्थिक क्रान्ति गरौं ।


पुष्प दुलाल