एजुकेशन कन्सलटेन्सीका नाममा साढे १० लाख ठग्ने पक्राउ



काठमाडौं । एजुकेशन कन्सलटेन्सीका नाममा साढे १० लाख रुपैयाँ ठगी गर्ने सुमन भन्ने मानबहादुर गुरुङ पक्राउ परेका छन् ।

धादिङ कटुन्जे वडा नम्बर ९ घर भइ हाल ललितपुरमा बस्ने गुरुङले आफूलाई रेहाना एजुकेशन कन्सलटेन्सीको सञ्चालक भएको बताउँदै साढे १० लाख रुपैयाँ ठगी गरेका थिए ।

गुरुङले म्याग्दी जिल्ला मालिका गाउँपालिका वडा नम्बर ५ घर भइ हाल काठमाडौं सामाखुसी बस्ने ५० वर्षे हुमलाल गुरुङलाई ठगी गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले हुमलालको उजुरीमा डिल्लीबजारबाट मंगलबार दिउँसो ४ बजे पक्राउ गरेको थियो । गुरुङलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकुमा पठाइएको छ ।


क्लिकमान्डु