राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निराैलाले ३० वर्षे सेवापछि लिए बिदा
काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले अवकास पाएका छन् । ३० वर्षे सेवा अवधि सकेर निरौला सोमबारदेखि एक महिना अघि बिदा बसेका हुन् ।
उनले साढे २५ वर्ष राष्ट्र बैंकमा बिताए । साथै डेढ वर्ष वित्तीय सुधार कार्यक्रम अन्तर्गत नेपाल बैंकको व्यवस्थापन टिममा बसेर काम गरे । उनले २०५५ सालमा नेपाल बैंकको १ अर्ब रुपैयाँ कर्जा घोटला काण्डमा अनुसन्धान गरेका थिए ।
साथै राष्ट्र बैंकले बैंक अफ काठडमाण्डूको व्यवस्थापन लिँदा सञ्चालक समितिमा गएर चुनाव गराएर पुनः सञ्चालक समितिमा फर्किएका थिए । त्यस्तै एनसीसी बैंकमा समस्या हुँदा बैंकबाट खटिएर व्यवस्थापन समूहको संयोजक बनेर काम गरेका थिए ।